म्याग्दीमा कुष्ठरोगका नयाँ बिरामी देखिएन « Khabarhub

म्याग्दीमा कुष्ठरोगका नयाँ बिरामी देखिएन


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – जिल्लामा कुष्ठरोगका नयाँ बिरामीको सङ्ख्या शून्यमा झरेको छ । दुई आर्थिक वर्षदेखि जिल्लामा कुष्ठरोगका नयाँ बिरामी पहिचान नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सत्तरीऔँ विश्व कुष्ठरोग दिवसका अवसरमा आइतबार बेनीमा आयोजित पत्रकार अन्तक्र्रिया कार्यक्रमा स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जिल्लामा कुष्ठरोगका नयाँ बिरामी पहिचान नभएको जानकारी दिए । “दुई वर्षयता जिल्लामा स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा कोही पनि नयाँ कुष्ठरोगका बिरामी दर्ता भएका छैनन्, जिल्ला बाहिरका स्वास्थ्य संस्थामा पुगेर उपचार गरेकाको विवरण जिल्लामा अभिलेख हुँदैन, केहिले जिल्ला बाहिरबाट कुष्ठरोगको उपचार गराएको हुनसक्छ हाम्रो अनुमान छ”, उनले भने ।

कार्यालयका अनुसार, दुई वर्षअघि जिल्लामा कुष्ठरोगका बिरामीको सङ्ख्या १३ थियो । अहिले दुई वर्षअघि नै पहिचान भएका पाँच जनाले उपचार गराइरहेका छन् । दुई वर्षअघि प्रति १० हजार जनसङ्ख्यामा एक दशमलव नौ प्रतिशतमा कुष्ठरोग देखिएकोमा अहिले कुष्ठरोगको सङ्क्रमणदर घटेर शूल्य दशमलव.४७ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

कार्यक्रममा बेनी अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा शङ्कर लामिछानेले कुष्ठरोगको पहिचान समयमै भएर उपचार गरेमा रोग निको हुने र कुष्ठरोगका कारण हुनसक्ने अपाङ्गतालगायतका स्वास्थ्य समस्यासमेत नहुने भएकाले लक्षण देखिएका र पहिचान भएका बिरामीले उपचार गराउनुपर्ने बताए । उनले छदेखि १२ महिनासम्म नियमित औषधि सेवन गरेमा कुष्ठरोगको उपचार हुने भएकाले कुष्ठरोगलाई भेदभाव र लान्छनाको दृष्टिकोणबाट हेर्न नहुने बताए ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ८ : १३ बजे

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ