नुल्याण्डले आज प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री पौडेललाई भेट्दै | Khabarhub Khabarhub

नुल्याण्डले आज प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री पौडेललाई भेट्दै


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकाकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्याण्डले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भएकी छिन्।

आइतबार साँझ काठमाडौँ आइपुगेकी नुल्याण्डले सोमबार बिहान करिब १० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

लगत्तै उनले ११ बजे परराष्ट्रमन्त्री डा. विमला राई पौडेलसँग सिंहदरबारमा भेट गर्नेछिन्। भेटमा एमसीसी परियोजना कार्यान्वयन लगायतका विषयमा छलफल हुने अनुमान छ। ​

नुल्याण्डले राजनीतिक भेटघाटसँगै सांस्कृतिक सम्पदाको भ्रमण गर्ने जनाइएको छ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ८ : ५० बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको