पेट्रोल छर्किएर आगो लगाउँदा छोराको मृत्यु, श्रीमती घाइते « Khabarhub

पेट्रोल छर्किएर आगो लगाउँदा छोराको मृत्यु, श्रीमती घाइते


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बाँकेमा बाबुले पेट्रोल छर्किएर आगो लगाइदिँदा २ वर्षीय शिशुको मृत्यु भएको छ।

कोहलपुर नगरपालिका १ शक्तिनगरका ३० वर्षीय भानुभक्त बिकले आइतबार साँझ श्रीमती गंगा विक र दुई वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्किएर आगो लगाइदिएका थिए।

लगत्तै स्थानीयले उद्दार गरी आमा छोरालाई नेपालगञ्जस्थित भेरी अस्पताल पुर्‍याए पनि शिशुको उपचारको क्रममा सोमबार मृत्यु भएको बाँके प्रहरीले जनाएको छ।

उपचाररत घाइते गंगाको शरीरको १८ देखि २० प्रतिशत भाग जलेकोले अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।

घटनापछि फरार बिकलाई गए राति नै प्रहरीले नियन्त्रणमा लिएको छ। आपसी मनमुटाबमा आगो लगाएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ९ : ०१ बजे

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

त्रिवेणी– यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८००