दूतावास नभएका देशमा घुम्ती टोली खटाउछौँ : परराष्ट्र मन्त्री पौडेल | Khabarhub Khabarhub

दूतावास नभएका देशमा घुम्ती टोली खटाउछौँ : परराष्ट्र मन्त्री पौडेल


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लण्डन – पोर्चुगलमा पछिल्लो समय ठूलो संख्यामा नेपालीहरु समस्यामा पर्दै गएको गुनासो बढेपछि सरकारले विशेष टोली खटाउने तयारी गरेको छ। गैरआवासीय नेपाली संघको यूरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषद्हरुको पहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा परराष्ट्र मन्त्री विमला राई पौडेलले आगामी एक महिनाभित्र पोर्चुगलमा सरकारी टोली पठाउने तयारी गरेको जानकारी दिएकी छन्।

दूतावास तथा कन्सुलर सेवा नभएका देशहरुमा सरकारले घुम्ती टोली खटाएर त्यहाँका नेपालीहरुले भोग्नुपरेको समस्या समाधानका लागि पहल गर्ने तयारी गरेको उनले बताएकी हुन्। `पोर्चुगलको धेरै कुराहरु सुन्यौँ, धेरै नेपाली अलपत्र छन्, कागजपत्र नभएका भन्ने पनि सुन्नमा आएपछि सकेसम्म कन्सुलेट खोल्ने तयारी छ, तर सो कार्य तत्काल सम्भव छैन, त्यसमा आर्थिक पाटो पनि जोडिएको छ, अर्कोतर्फ मन्त्रीपरिषदबाट त्यसको निर्णय हुनुपर्छ, त्यसैले तत्काल समस्या समाधानका लागि एक महिनाभित्र एउटा सरकारी टोली पोर्चुगलमा राख्ने र त्यहाँका कागजपत्रविहीन तथा समस्याग्रस्त नेपालीलाई सहजीकरण गर्ने योजना बनाएका छौँ।’ उनले भनिन्। अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा निर्णय गरेर पठाइसकिएको पनि मन्त्री पौडेलले बताइन्। ‘स्पेनबाट वा अन्य कहाँबाट टोली खटाउने भन्नेमा हामी छलफलमा छौँ।’ उनले थपिन्।

यसअघि गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले काठमाडौँस्थित परराष्ट्र मन्त्रालयमा पुगेर दूतावास तथा महावाणिज्यदूत नभएका देशमा तत्काल दूतावास स्थापना तथा महावाणिज्यदूत नियुक्त गर्न मन्त्री पौडेललाई आग्रह गरेको थियो।

हाल बेलायतस्थित दूतावासले नै माल्टामा काम गर्दै आएकोमा सो प्रभावकारी नभएको गुनासो बढेको छ। साइप्रसमा घरेलु कामदारको रुपमा जाने क्रम बढेको भन्दै त्यसलाई जी टु जी च्यानलमा ल्याउन सरकारले पहल गर्ने मन्त्री पौडेलको भनाई छ। यद्यपि त्यस सम्बन्धमा अध्ययन गर्नै बाँकी रहेकोले आफूले आवश्यक अध्ययन गरेर मात्रै काम अघि बढाउने मन्त्रीको आशय छ।

मन्त्री पौडेलले विदेशस्थित दूतावास तथा कूटनीतिक नियोगलाई २४ घण्टा सञ्चालन गर्न सर्कुलर जारी गरेको बताउँदै भनिन,  “नेपाली नागरिकले दूतावासमा गुहार्छ भने ऊ सुरक्षित हुनुपर्छ र उसका लागि दूतावासको सर्भिस २४ घण्टे हुनुपर्छ भन्ने हाम्रो ध्येय छ, त्यही अनुसार काम हुन्छ, चाहे त्यो टेलिफोन/इमेलबाट नै किन नहोस्।” र्‍यापिड रेसपोन्डस् टिम बनाउने र त्यसले मासिक रिपोट गर्ने व्यवस्था मिलाउने, जनशक्ति थप्ने र दूतावासमार्फत द्रूत सेवामा हुनुपर्छ भन्नेमा आफ्नो जोड रहेको मन्त्री पौडेलले बताएकी छन्।

पोर्चुगलका महासचिव राजकुमार थापाले त्यहाँ नेपालीको अवस्था र समस्याबारे जानकारी गराउँदै सरकारले तत्काल पहल नगरे आत्महत्या जस्तो विकराल समस्या आउनसक्नेतर्फ मन्त्री पौडेलको ध्यानाकर्षण गराए। एनआरएनए साइप्रसकी राधा पोखरेलले साइप्रसमा घरेलु कामदारका रुपमा गैर कानुनी तवरले बसिरहेका नेपालीको सङ्ख्या बढ्दै गएको भन्दै जीटुजीमार्फत कामदार पठाउने व्यवस्था गर्न आग्रह गरेकी छन्।  त्यहाँ विद्यार्थीले भोग्नुपरेका समस्याबाारे पनि जानकारी गराइन्। एनआरएनए पोल्याण्डका महासचिव पवन, खड्काले त्यहाँको नेपालीको अवस्था र विद्यमान समस्याबारे जानकारी गराए।

माल्टाका अध्यक्ष भुवन अर्यालले माल्टामादूतावास नहुँदा भोग्नुपरेको समस्या, माल्टासँग नेपालले कूटनीतिक सम्बन्ध विस्तारका लागि गर्न सक्ने पहल लगायतका विषयमा जानकारी गराएका थिए। एनआरएनए पोल्याण्डका महासचिव पवन खड्काले दूतावास नहुँदा नेपालीले भोग्नुपरेको समस्याबारे जानकारी गराए।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  १० : ४९ बजे

सुदूरपश्चिममा समाजवादीकै नेतृत्वमा सरकार बन्छ : राजेन्द्र पाण्डे 

काठमाडौं– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न दिएको

डा अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा अन्जान शाक्यलाई राष्ट्रियसभा

तोयम राय महालेखा परीक्षकमा नियुक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज संवैधानिक परिषद्को सिफारिसमा तोयम रायलाई

इलाममा कति बिक्ला बादल र एकनाथको अनुहार ?

काठमाडौं- नेकपा एमालेका सांसद एवं परिवार दलका अध्यक्ष एकनाथ ढकाल

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले आज र