नीतिगत पहल अघि बढाएका छौँ : अध्यक्ष केसी « Khabarhub

नीतिगत पहल अघि बढाएका छौँ : अध्यक्ष केसी


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले साइबर सेक्युरिटी र पाइरेसीसम्बन्धी विशेष कानुन बनाउन पहल गरिरहेको बताएका छन् ।

चलचित्र पत्रकार सङ्घ नेपालले आयोजना गरेको दुई दिने कार्यशालाको समापन कार्यक्रममा बोर्ड अध्यक्ष केसीले अहिले सामाजिक सञ्जालमा आउने दृश्यले फिल्मलाई असर गरेको गुनासो बढिरहेकाले त्यसको नीतिगत समाधान गरिने बताए । उनले कानुन संशोधन मात्रै समस्याको समाधान नभइ नयाँ कानुन बनाउनु आवश्यक रहेको बताउँदै यसका लागि बोर्डले पहल गरिरहेको बताए। अध्यक्ष केसीले बोर्डको गतिविधिहरूलाई सही तरिकाले समाचार बनाएर प्रसारण तथा प्रकाशन गरी हौसला बढाउनुका साथै आवश्यक परे खबरदारी गर्न समेत कार्यशालामा सहभागी पत्रकारलाई आग्रह गरे । 

नेपाल प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल, कृष्ण भट्टराई, प्रकाश सायमी, विकास रौनियार, केपी ढुंगाना, विष्णु घिमिरे ‘कल्पित’, नरेश भट्टराई, शान्तिप्रिय, विदुर गिरी, विजयरत्न तुलाधर र डब्बु क्षेत्रीले सहभागीलाई प्रशिक्षण दिएका थिए ।

सङ्घका अध्यक्ष दिनेश सिटौलाले कार्यशालाको सिकाइले सबैलाई लाभ दिएको बताए । ‘सिकाइको पूर्णविराम हुँदैन, यो निरन्तर चल्ने क्रम हो’, उनले भने। उनले सैद्धान्तिक मूल्य मान्यतालाई आत्मसात गर्दै समयसापेक्ष प्रविधिको प्रयोगसँगै अबको पत्रकारिता अघि बढ्नुपर्नेमा जोड दिए।

शुक्रबार र शनिबार ‘फिल्म जर्नालिज्म इन मोडर्न इरा’ विषयमा भएको कार्यशालामा देशभरका एक सयभन्दा बढी पत्रकारको सहभागिता थियो ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  १२ : ५४ बजे

कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिले गरे हस्ताक्षर

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले

पार्टीबाट दुई पटक प्रधानमन्त्री र तीन पटक भन्दा बढी मन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले

नागरिक असन्तुष्टि केलाएर नयाँ सङ्कल्पका साथ अघि बढ्नेछौँ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक

पार्टी सभापतिलाई बन्द सत्र सम्बोधन गर्न नेताहरूको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुरले पार्टीको चालु विशेष अधिवेशनको