भोटेकोशीमा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेट सेवा   | Khabarhub Khabarhub

भोटेकोशीमा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेट सेवा  


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका विभिन्न गाउँमा पहिलो पटक नेपाल टेलिकमको सेवा पुगेपछि स्थानीयवासी खुसी भएका छन् । नेपाल टेलिकमले भोटेकोशी गाउँपालिका–१ बगाममा  टावर निर्माण गरेर सेवा सञ्चालन गरेपछि स्थानीयलाई सहज भएको हो । उक्त स्थानमा यसअघि मोबाइल सेवाको पहुँच थिएन । ग्रामीण बस्तीलाई सञ्चारको पहुँचमा जोडन टेलिकमले थ्रीजी सेवा विस्तार गरेको स्थानीय ध्रुव थापाले बताए । 

यस क्षेत्रका जनतालाई सञ्चारको पहुँचमा ल्याउन सो टावर विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाइएको भोटेकोशी गाउँपालिका निवर्तमान अध्यक्ष राजकुमार पौडेलले बताए । 

‘टेलिकमले अहिले टावर निर्माण गरी सञ्चालनमा ल्याएको छ, निकट भविष्यमा हामी उक्त टावरलाई स्तरोन्नति गरी अत्याधुनिक प्रविधिको फोरजी सेवामार्फत भ्वाइस र उच्च गतिको इन्टरनेट सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौं,’ पौडेलले  भने । 

पहिले टावर नहुँदा दुःख पाएका नागरिकले टेलिकमको थ्रीजी सेवा एकसाथ सञ्चालनमा आएपछि भोटेकोशी गाउँपालिकाका बगाम, छगाम, साबुखानी, गिप्ते ,तारतुङ, सेबुङ लगायत आसपासका गाउँमा करिब १ सय ६० घरधुरी प्रत्यक्ष लाभान्वित भएको स्थानीय ध्रव थापाले जानकारी दिए । 

यसअघि फोनमार्फत कुराकानी गर्न १ घण्टा हिँडेर लिस्तीमा पुग्नु पर्ने बाध्यता यहाँका स्थानीयलाई थियो । यस सेवाले फोन सम्पर्कका लागि टाढा जानुपर्ने बाध्यता हटेको छ । टावर सञ्चालनमा आएपछि त्यस क्षेत्रमा गुणस्तरीय भ्वाइस तथा डेटामार्फत इन्टरनेट चलाउन सहज भएको छ । टावर निर्माणसँगै त्यस क्षेत्रको प्रचारप्रसार र सूचना आदानप्रदानको निमित्त थप सहज भएको स्थानीय तथा समाजसेवी दावा लामाले बताए ।

शनिबारदेखि बगाममा बनेको नेपाल टेलिकमको टावर सञ्चालनमा आएपछि पहिलोपटक यस क्षेत्रका बासिन्दा टेलिफोन सेवासँग जोडिएका हुन् ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  १ : ३३ बजे

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु