नेपाली सिनेमा फेस्ट २०२३ मा महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति « Khabarhub

नेपाली सिनेमा फेस्ट २०२३ मा महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्माण कम्पनी षट्कोण आर्ट्सले आफूहरूको सहमतिबिना दुबईमा हुन लागेको नेपाली सिनेमा फेस्ट २०२३ मा चलचित्र महापुरुषलाई समावेश गरिएको भन्दै आपत्ति जनाएको छ । महापुरुष निर्माण गरेको षट्कोण आर्ट्सले आफूहरूको सहमतिबिना नेपाली सिनेमा फेस्ट २०२३ मा महापुरुषलाई समावेश गरिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ । 

‘चलचित्र विकास बोर्ड ले ३० लाख खर्च गरेर विवादास्पद कम्पनी सूर्य कर्पोरेशनसँग मिलेर नेपाली फिल्म र पर्यटनलाई विश्वसामु पुर्‍याउने नाराका साथ दुबईमा गर्न लागेको नेपाली सिनेमा फेस्ट २०२३ मा हाम्रो फिल्म महापुरुष हामीसँग अनुमति नलिकन उक्त कार्यक्रममा समावेश गरेकोमा हाम्रो ध्यानाकर्षण भएको छ,’ षट्कोण आर्ट्सले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेको छ ।  

विश्व बजारमा नेपाली चलचित्रलाई पुर्‍याउने बोर्डको कार्य स्वागतयोग्य रहेको बताउँदै आर्ट्सले प्रश्न गरेको छ, ‘हाम्रो नेपाली चलचित्रलाई विश्व बजारमा पुर्‍याउने विकास बोर्डको चाहना स्वागत छ । तर, यी र यस्ता नेपालीहरू माझ हुने घुमघाम र नाचगान कार्यक्रमले नेपाली फिल्मलाई कसरी सहयोग विश्व बजारमा लैजान्छ होला ?’

नेपाली फिल्महरूको सेन्सरमा ट्रान्सलेसनमा आर्थिक सहयोग गरे केही राहत हुने भन्दै आर्टस्ले नेपाली सिनेमा फेस्ट २०२३ मा महापुरुषलाई समावेश नगर्न आग्रह गरेको छ ।  ‘३० लाख रुपैयाँले मध्यपूर्वमा  व्यवसायिक प्रदर्शन हुने नेपाली फिल्महरुको सेन्सरमा ट्रान्सलेसनमा सहयोग गरे केही राहत होला ।

 साथै विवादमा आएको कम्पनीसँग सहकार्य गर्न बोर्डलाई के कुराले बाध्य बनायो होला रु यी र यस्तै प्रश्न र सुझावसहित हाम्रो फिल्म उक्त कार्यक्रममा सहभागी नगराउनु हुन अनुरोध गर्दछौँ,’ आर्टस्ले भनेको छ । 


प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  २ : ०८ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल