प्रेस युनियन प्रदेश अध्यक्षमा नवोदित निर्वाचित  « Khabarhub

प्रेस युनियन प्रदेश अध्यक्षमा नवोदित निर्वाचित 


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाल प्रेस युनियन प्रदेश नं १ को सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्षमा पत्रकार मीनकुमार नवोदित निर्वाचित भएका छन् ।  नवोदितको अध्यक्षतामा सर्वसम्मत निर्वाचित २८ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र निरौला (झापा), महिला उपाध्यक्ष जयन्तीकला तामाङ (उदयपुर), समावेशी उपाध्यक्ष शारदा तामाङ (भोजपुर), महासचिव सञ्जीव वाग्ले (सुनसरी), सचिव सरोज निरौला (उदयपुर), महिला सचिव सरला रेग्मी (पाँचथर), समावेशी सचिव विनय वाराकोटी (सुनसरी) र कोषाध्यक्षमा कविराज घिमिरे (धनकुटा) निर्वाचित भएका छन् ।

सदस्यमा चुमन बस्नेत, दिनेश गिरी, निरोज कोइराला, नरेन्द्र राई, विनु खड्का, प्रकाश पास्तावा, शिखरजङ्ग श्रेष्ठ, दीपक काफ्ले, निशा दाहाल, रविना सुवेदी, सङ्गीता सुहाङ, कल्पना कडरिया, हिमांशु राय, सुजन बज्राचार्य, ईश्वर चर्मकार, भास्कर चौधरी, आशिष यादव, मिलन राई, खेमराज बराल र जीवन फुयाँल चयन भएका छन् ।

यस्तै लेखा समिति संयोजकमा लक्ष्मी गौतम, सदस्यमा करुणा बस्नेत र पदमसुन्दर लामिछाने निर्वाचित भएका छन् । निर्वाचित अध्यक्ष नवोदितलगायत पदाधिकारीलाई युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष नकुल अर्याल, महासचिव दिलीप पौडेल, उपमहासचिव अभयकुमार राई लगायतले बधाई तथा शुभकामना दिएका थिए ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  २ : ५० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र