राजनीतिमा रविको नैतिकता पनि हरायो | Khabarhub Khabarhub

राजनीतिमा रविको नैतिकता पनि हरायो

प्रचण्ड, देउवा, ओलीजस्तै नयाँ नेता पनि सत्ता स्वार्थमै सीमित


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : पछिल्लो केही दिनयता निकै चर्चामा रहेका रवि लामिछाने फेरि पनि सत्ता स्वार्थमा सीमित हुँदा उनको नैतिकतामाथि पनि प्रश्न उठ्न थालेको छ । उनले आइतबार मात्रै नागरिकताको प्रतिलिपि लिए । उनको पहिलेको नागरिकता कायम नरहेको भन्ने सर्वोच्च अदालतको आदेशपछि उनले आइतबार सांसद, मन्त्री र सभापति पद गएपछि निवेदन दिएर नयाँ नागरिकता लिएका हुन् ।

उनले नागरिकता पाएलगत्तै फेरि बालुवाटार पुगेर आफूलाई गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका थिए । तर उनलाई मन्त्री बनाउन नसकिने मुडमा प्रचण्ड छन् । तर सत्ता स्वार्थमा परेपछि नयाँ पार्टी, नयाँ युवा र धेरैको आशाका रुपमा उदाएका रवि लामिछाने फेरि नैतिकताको प्रश्नमा उभिएका छन् ।

उनले यसअघि लिएको दोहोरो राहदानीको विषयमा छानबिन जारी छ । उनले दोहोरो राहदानी दुरुपयोगको प्रश्न पनि पेचिलो छ । तर यी सबै प्रश्न बेवास्ता गर्दै रवि लामिछाने फेरि गृहमन्त्री बन्न आतुर छन् । उनी अब सांसद छैनन् । तर सांसद नहुँदा पनि उनलाई मन्त्री बन्ने हतारो छ ।

यस्तो अवस्थामा कम्तीमा नयाँ अनुहार र युवा भएर पनि राजनीतिमा आएर उच्च नैतिकता देखाउनुको साटो केवल सत्ता र स्वार्थमुखी हुनु लाजमर्दो हो । हिजो सबै नेताहरूलाई गाली गर्दै नैतिकताको पाठ सिकाउने रवि लामिछाने आज आफ्नै हैसियतमाथि प्रश्न उठेका बेला गृहमन्त्री बन्न बालुवाटार धाउनुले धेरै प्रश्न उठाएको छ ।

नेपाली राजनीतिमा नैतिकताको खडेरी परेका बेला सत्तामा रवि लामिछाने र मेयर बालेन शाहमा पनि त्यो कमी देखिएको छ । बालेन शाह यतिबेला आफ्नो काम गराइमा प्रश्न उठाउनेलाई उल्टै प्रश्न सोधेर गैरजिम्मेवारीपन देखाइरहेका छन् ।

बालेनले काठमाडौँ बनाउने नाममा पहिलेको भन्दा केही राम्रा कामको सुरुवात गरेका छन् । तर टुकुचा खोला उत्खनन गरेर अलपत्र छाड्दा त्यसको चौतर्फी आलोचना भयो । सुकुम्बासीलाई व्यवस्थापन गर्नका लागि सबैसँग परामर्श गरेर निर्णायक कदम चाल्न छाडेर उनले केवल हल्ला मच्चाउन मात्रै डोजर चलाउन थालेको विश्लेषण भइरहेको छ ।

पछिल्लो समय बालेन आलोचित हुँदा त्यसको जवाफ कामबाट दिनुको साटो उनी केवल आफ्नो प्रशंसा गर्नेलाई मात्रै स्पेस दिइरहेका छन् । यसले पनि नयाँ पुस्तामा नैतिकताको खडेरी पर्न थालेको छ । पुरानो पुस्ताका नेताहरूमा त यतिबेला प्रचण्ड काफी छन् ।

जसले हिजोका दिनमा दुईपटक संसद् विघटन गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्रीको लोभमा संविधान मास्ने प्रतिगमनसँग सम्झौता गरेर सत्तामा टाँसिए । यसले नेपाली राजनीति कति धेरै अवसर र स्वार्थमुखी छ भन्ने देखाउँछ । यसले अब नागरिकमा पुराना नेता मात्रै होइन, नयाँ नेताका रुपमा उदाएका रवि लामिछानेको पनि नैतिकता हराउन थालेको महसुस हुन थालेको छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ४ : ४२ बजे

चन्द्र ढकालले खोलेका थिए बेलायतमा ‘सनबर्ड कम्प्युटर कसल्ट्यान्ट’

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष

विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह

काठमाडौं– ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)ले विदेशी पर्यटकलाई अनिवार्य

अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रसङ्घ

एजेन्सी– अफगानिस्तानमा सन् २०२५ मा अफिम खेती २० प्रतिशतले घटेको

निर्माता विनोदलाई ‘अभिमन्यु’ रिलिज गर्नै सकस, चार पटक सारेर अब पुगे मंसिर १८

काठमाडौं – सेभेन सिज सिनेमाका सञ्चालक तथा ‘पूर्णबहादुरका सारङ्गी’का निर्माता

नेपाली कांग्रेस संस्थापन पक्षको भेला : विशेष महाधिवेशनको कुनै औचित्य नभएको टिप्पणी

काठमाडौं– नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरूले विशेष महाधिवेशनको कुनै