घरमै भत्ता आउँदा ज्येष्ठ नागरिक खुसी « Khabarhub

घरमै भत्ता आउँदा ज्येष्ठ नागरिक खुसी


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मध्यबिन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका-२ चनौलीका ७२ वर्षीय मीनकुमारी महतो घरमै ज्येष्ठ नागरिक भत्ता पाएपछि खुसी छिन् ।

शारीरिक समस्याका कारण सहजरूपमा हिँडडुल गर्न नसक्ने उनलाई जनप्रतिनिधि र बैंकका कर्मचारीले घरमै भत्ता ल्याइदिएका हुन् । “अरु व्यक्ति जस्तो हिँडडुल गर्न सक्दिनँ, बैंकसम्म पुग्न पनि टाढा हुँदा समस्या भएको थियो अहिले घरमै भत्ता पाउँदा छु”, उनले भनिन्। 

चौमासिकरुपमा पाउँदै आएको भत्ता यसपालि भने घरमै पाउँदा मनकुमारी जस्तै मध्यबिन्दु नगरपालिका वडा नं १, २, ३ र ४ का नागरिक पनि खुसी छन् । मध्यबिन्दु नगरपालिकाले बैंकसँगको समन्वयमा सञ्चालन गरेको सामाजिक सुरक्षा भत्ता वितरण शिविरबाट एक हजार पाँच सय लाभग्राहीलाइ गाउँमै भत्ता दिइएको हो ।

 बैंक पुग्न घण्टौँ समय लाग्ने समस्यालाई मध्यनजर गर्दै स्थानीयको समय र खर्च कम गर्न कर्मचारीको टोलीले वडामा पुगेर सेवा दिएको मध्यबिन्दु नगरपालिका–१ का वडाध्यक्ष तिलकराम न्यौपानेले बताए। ‘बैंकमा आउन नसक्ने अपांगता भएका व्यक्ति, अशक्त, बिरामीलगायतका सेवाग्राहीलाई घरमै पुगी भत्ता वितरण गरिएको छ’, उनले भने ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ४ : ५६ बजे

अवैध लागूऔषधसहित १३ जना पक्राउ

काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

दैलेखमा ४२० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा

दैलेख– दैलेख जिल्लाका विभिन्न वन क्षेत्रको जग्गा अतिक्रमण हुनेक्रम बढेपछि

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तर्राष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

काठमाडौं- लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु च्याङलाई ‘अन्तर्राष्ट्रिय शिक्षा

अन्तिम समयमा रोकियो भारतीय विदेशसचिव मिश्रीको नेपाल भ्रमण

काठमाडौं- भारतीय विदेश सचिव विक्रम मिश्रीको भ्रमण अन्तिम समयमा स्थगित

सुकुम्वासीका बच्चाको दुःख : नगर प्रहरीले ‘कैदीझैँ’ विद्यालय ‌ओसार्छ

काठमाडौं- सुकुम्वासी बस्ती हटाउने सरकारको अभियानअन्तर्गत हालसम्म काठमाडौं उपत्यकाका खोला