शहीदको आकाङ्क्षा पूरा गर्न सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका : सभामुख घिमिरे | Khabarhub Khabarhub

शहीदको आकाङ्क्षा पूरा गर्न सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका : सभामुख घिमिरे


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शहीदका अधुरा सपना पूरा गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताए। आज यहाँ आयोजित पत्रकारहरूसँगको अन्तरक्रियात्मक कार्यक्रममा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शहीदहरूको आकाङ्क्षा पूरा गर्ने आमसञ्चारमाध्यमले विशेष भूमिका निर्वाह गर्ने बताए।  

उनले भने, ‘राष्ट्र र जनताको उन्नतिका लागि जीवन अर्पण गर्ने शहीदहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दछु । शहीदहरूको सपना कति कुन हदसम्म पूरा हुन आएको छ र अब पूरा गर्ने के गर्नुपर्छ रु त्यसमा अठोट गर्ने र ती आकाङ्क्षा पूरा गर्ने अमासञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ ।’

सभामुख घिमिरेले विगतमा संसदीय समाचार संकलनमा गरिएका राम्रा अभ्यासको निरन्तरता र समस्याको समाधान गर्ने प्रतिबद्धता जनाए। ‘संसद्को भूमिका समाजलाई कसरी अग्र गति दिन सकिन्छ भन्ने हो । त्यसका लागि पत्रकार र आमसञ्चारमाध्यमले सहयोग गरिरहेको छ । समाचार संकलन गर्न संसद्‌भित्र देखिएका चुनौती र समस्यालाई समाधान गर्नेछौँ’, उनले भने। 

अन्तरक्रियामा पत्रकारहरूले संसदीय समाचार संकलनका क्रममा देखिएका चुनौतीबारे सभामुखको ध्यानाकर्षण गराएका थिए । 

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ६ : १४ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही