गहुँको आयात खुलाउन र स्टार्टअप कार्यविधि स्वीकृत गर्न माग | Khabarhub Khabarhub

गहुँको आयात खुलाउन र स्टार्टअप कार्यविधि स्वीकृत गर्न माग


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासङ्घले गहुँको आयात खुलाउन र स्टार्टअप कार्यविधि स्वीकृत गर्न माग गरेको छ । महासङ्घको प्रतिनिधिमण्डलले आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेटी सो माग राखेको हो । 

महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिमण्डल र उद्योगमन्त्रीबीच भएको भेटवार्तामा उद्योग व्यवसाय प्रवद्र्धनका लागि सहजीकरण, अस्थिर ब्याजदरमा नियन्त्रण, भारतले रोकेको गहुँको आयात खुलाउनुपर्ने र स्टार्टअप कार्यविधि स्वीकृत गर्नका लागि सरकार पहल गर्नुपर्ने लगायतका विषयमा छलफल भएको थियो ।

अस्थिर ब्याजदरका कारण साना व्यवसायी पीडामा परेकाले यसको समाधानका लागि पहल गर्न उद्योगमन्त्रीमार्फत सरकारलाई आग्रह गरिएको भेटवार्तापछि महासङ्घले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । ‘इन्धनको मूल्य समायोजन हुन नसक्दा वस्तुको उत्पादन लागत बढ्न गई मुद्रास्फीतिमा समेत चाप परेको, उद्योगहरूमा अघोषित विद्युत्भार कटौतीका कारण उत्पादन प्रभावित बनेको र बजारमा उधारोको समस्या विकराल बन्दै गएको अवस्थामा उधारो उठाउनेसम्बन्धी कानुन यथाशीघ्र ल्याउनुपर्ने माग महासङघले राखेको छ ।’

राष्ट्रिय आर्थिक रूपान्तरण नेट-२०३० कार्यान्वयनका लागि गत साउनमा महासङ्घ र सरकारबीच समझदारी भएकाले यसको प्रभावकारिताबारे पनि महासङ्घले चासो राखेको छ । त्यस्तै, महासङ्घको पहलमा सरकारले तयार भएको स्टार्टअप कार्यविधिमाथि अन्तिम छलफल गरी पारित गर्नसमेत उद्योगमन्त्रीसमक्ष महासङ्घले आग्रह गरेको छ ।

महासङ्घले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा नेपाल-भारत लगानी सम्मेलन आयोजना गर्ने र त्यसमा भारतस्थित महासङ्घको साझेदार संस्था सिआइआई सहआयोजक रहने कार्यक्रम रहेकाले यसमा मन्त्रालयका तर्फबाट आवश्यक समन्वय गरिदिनसमेत आग्रह गरेको छ । उद्योगमन्त्री भण्डारीले स्टार्टअप कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको र छिट्टै पारित हुने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै, भारतले अहिले गहुँ आयात रोक्दा उत्पन्न समस्याबारे भारतसँग छलफल भइसकेकाले तत्काल आयात खुल्ने जानकारी उद्योगमन्त्री भण्डारीले दिएको पनि महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ६ : ४८ बजे

नेपालले अमेरिकालाई १७ रनले हरायो : दीपेन्द्रले लिए तीन विकेट

काठमाडौं – नेपालले टि-२० सिरिजको पहिलो खेलमा अमेरिकामाथि १७ रनको

सौराहामा एकसिङ्गे गैँडा (तस्बिरहरू)

काठमाडौं– चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी, हाईकिंग र हात्ती सफारी

अरुण बराललाई जवाफ : आलु जोख्ने यन्त्रले हावा जोख्दैन

केही समयअघि सार्वजनिक भएको यस पंक्तिकारको पुस्तक ‘जैविक दर्शन’माथि मित्र

अनुसन्धान केन्द्रमा बाख्राको दूधबाट चिज उत्पादन

दमौली– तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्राको दूधबाट चिज उत्पादन

मेची–महाकाली उद्धार यात्रा : कोशी प्रदेशमा ४४ जनाको उद्धार

बनियानी – मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत कोशी प्रदेशमा ४४ जनाको