निलम्बनका लागि २५९ लाइसेन्स यातायात विभाग पठाइयो | Khabarhub Khabarhub

निलम्बनका लागि २५९ लाइसेन्स यातायात विभाग पठाइयो


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने दुई सय ५९ जना सवारी चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पाँच पटकभन्दा बढी उल्लङ्घन गरेको पाइएकाले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिमको कसुरमा लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

निलम्बनका लागि पठाइएका सवारी चालक अनुमतिपत्रमध्ये एक व्यक्ति बढीमा ३६ पटकसम्म र कम्तिमा छ पटकसम्म कारबाहीमा परेका थिए । यसरी पाँच पटकभन्दा बढी कारबाहीमा परेका सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग मीनभवन पठाएको हो । 

ट्राफिक नियम उल्लङ्घन गरिरहने चालकबाट नै धेरै जसो सवारी दुर्घटना हुने गरेकाले सुरक्षित यात्राका लागि नियम पालना गर्न प्रवक्ता भट्टले सबैलाई अनुरोधसमेत गरेका छन् ।

 

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ७ : ५० बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको

६५ हजार घुससहित समातिए विद्यालयका लेखापाल र सदस्य

नवलपरासी – नवलपरासी (ब.सु. पश्चिम), पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ५

कृष्णको सैलुङ सपना : शिक्षा, स्वास्थ्य र कृषिमा फड्को

माथि माथि सैलुङ्गेमा चौरी डुलाउनेलाईहत्केलामा मायाको गुराँस फुलाउनेलाई।दशकौंदेखि जनजीब्रोमा झुण्डिएको

काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन

बागलुङ – काठेखोला गाउँपालिका-६ का किसानले गत वर्षको तुलनामा यस

एचएमपिभी साधारण रुघाखोकीको भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव