सुशासन र समृद्धिको सपना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता « Khabarhub

सुशासन र समृद्धिको सपना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा भएका परिवर्तनलाई संस्थागत गर्दै जनाताको सुशासन र समृद्धिको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, “परिवर्तन भए पनि सुशासन र विकासको अपेक्षा पूरा हुँदैन कि भन्ने जनताको चासो र चिन्ता छ, जनताको यो अपेक्षा पूरा हुन्छ ।”

गोकर्णस्थित जगडोलमा निर्माण गरिएको ‘राष्ट्रिय शहीद तथा बेपत्ता स्मृति पार्क’ को आज उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस पटक सुशासन, विकास र समृद्धिका मानकहरु बनाउने बताए । उनले समृद्धि, सुशासन र सामाजिक न्यायको सपना पूरा गर्न वर्तमान सरकार निरन्तर कटिबद्ध रहेको समेत प्रस्ट पारिन।

प्रधानमन्त्री दाहालले भने, “देशको विकास, समृद्धि, राष्ट्रिय एकता र लोकतन्त्रका निम्ति इतिहासको विभिन्न कालखण्डमा शहीदहरूले बगाएको रगत र त्यसलाई सम्मान गर्ने प्रक्रियासँग जोडिएको हुन्छ, देश र जनताका निम्ति प्राणउत्सर्ग गर्ने महान् शहीदप्रति जति सम्मान हुन्छ, त्यस देशमा राष्ट्रिय एकता, शुसासन, समृद्धि र विकासको यात्रा पनि त्यति नै सहज ढङ्गले अगाडि बढ्न सक्दछ ।” नेपालमा अहिलेसम्म भएका शहीदका अभिलेख राख्ने र त्यसलाई राष्ट्रको सम्पत्ति र नेपाली जनताको आस्थाको धरोहरका रुपमा लिने उनको भनाइ छ ।

राष्ट्रिय शहीद तथा बेपत्ता स्मृति पार्क निर्माणका निम्ति अर्थ मन्त्रालयबाट निकासा हुन बाँकी केही रकम जतिसक्दो चाँडो निकासाका निम्ति पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले पार्क निर्माणलाई शहीदको सम्मान र शान्ति सम्झौताको स्मृृतिको पार्कका रुपमा महसुस गरेको उल्लेख गरे । उनले भने, “आज यो पार्क उद्घाटन गर्दैगर्दा मैले विस्तृत शान्ति प्रक्रियामा हस्ताक्षर गरेको दिनलाई सम्झिएको छु, त्यही शान्ति सम्झौताले नै नेपाल आज यो राजनीतिक प्रक्रिया अगाडि बढेको छ ।”

प्रधानमन्त्री दाहालले पार्कमा प्रथम शहीद लखन थापादेखि पछिल्लो आन्दोलनमा शहीद भएका शहीदका अभिलेखीकरण राख्ने कार्यको उच्च प्रशंसा गर्दै शहीदको सम्मान युगयुगसम्म अमर रहने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ८ : २२ बजे

बाढीमा आफन्त हराएकाहरू भन्छन्- गृहमन्त्रीज्यू, अक्सिजन बोक्ने हामी छौँ, तपाईं स्टन्ट रोकेर काम गर्नुस्

काठमाडौं– त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य प्रभावकारी रुपमा

खानेपानीको मूल सुक्दै गएपछि पुनर्जीवित कार्यक्रमको सुरुवात

काभ्रेपलाञ्चोक– पछिल्ला केही वर्षदेखि काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहमा खानेपानीको मुहान

राष्ट्रपति पौडेलले भने : विपत्तिमा परेका नागरिकलाई राज्यको साथ र भरोसा चाहिएको छ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गते रसुवाको भोटेकोशी

जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगगत अवलोकनपछि

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

सुनसरी– सुनसरीको कोशी गाउँपालिका-६ लाही टोलका एक युवकको आज बिहान