विदेशको जागिर छाडेर स्वदेशमै भैँसीपालन « Khabarhub

विदेशको जागिर छाडेर स्वदेशमै भैँसीपालन


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

झापा – देशभित्रै केही उद्यम गरौँ भन्ने हुटहुटीले कतारको मासिक डेढ लाखको जागिर त्यागेर भद्रपुर–१ का ३५ वर्षीय अर्जुन सुवेदीले उन्नत मुर्रा जातको भैँसीपालन सुरु गरेका छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ११ वर्षसम्म काम गर्दा मासिक डेढ लाख आर्जन गरेको उनले बताए। स्वदेशमै पसिना र सीप लगाउने चाहना बोकेर उनी कतारबाट नेपाल फर्किएर सुवेदी कृषि फार्म स्थापना गरे।

विसं २०७६ मा स्थापना गरिएको उनीको फार्ममा अहिले ५५ वटा मुर्रा जातको भैँसी पालिएका छन् । हावापानी अनुकूलको दुधालु प्रजाति रोज्ने क्रममा उहाँले मुर्रा भैँसीले नै गोठ भरेका हुन् । यी भैँसीले कम्तीमा १० लिटरका दरले दूध दिन्छन् । “घरको आर्थिक दुर्दशा र देशमा बेरोजगारीको कहाली लाग्दो अवस्थाले नै मलाई खाडीको ४० डिग्री तातो मरुभूमिमा पु¥याएको छ । त्यो मेरो रहर थिएन”, वैदेशिक रोजगारीबाट फर्किनुको कारण खुलाउँदै उनले भने, “तर सधैँ भरि पैसाका पछाडि लागेर परदेशमा बसिरहन मन लागेन । स्वदेशमै बरु रोजगारी सिर्जना हुने केही उद्यम गर्छु भन्ने सोचेर म नेपाल फर्केको हुँ ।

उनकी पत्नी दुर्गा सुवेदी पनि वैदेशिक रोजगारीकै सिलसिलामा चार वर्ष कतार बसिन् । उनीहरू दुवै जनासँगै स्वदेश फर्किनुभयो र पशुपालनमा लागेका हुन् । स्वदेश फर्केर भद्रपुर–१ पृथ्वीनगरमा आफ्नै सात कठ्ठा जग्गामा रु २६ लाख लगानी गरेर आधुनिक भैँसीगोठ निर्माण गरे । सिराहाको लहानबाट भैँसीका पाडीहरू किनेर ल्याए । तराईको हावापानीमा राम्ररी सप्रिने भएकाले मुर्रा भैँसी रोजेको उनी बताउँछन् ।

फार्ममा अहिलेसम्म रु ६७ लाख लगानी भइसकेको छ । कृषि विकास बैंक बिर्तामोड शाखाबाट फार्मका लागि रु ५० लाख पशुपालन कर्जा लिएको उनले जानकारी दिए । गोठमा मात्र होइन, घाँस, पराल र दानामा उनको ठूलो लगानी छ । यसै वर्ष रु छ लाखको पराल बस्तीबाट किनेर ल्याएको उनले जानकारी दिए। बर्सेनि रु तीन लाखको गोबरमल बिक्री हुने गरेको छ ।

गोठका अधिकांश पाडी गाभिनी अवस्थाका छन् । एक चौथाइ पाडी छ महिनाभित्र ब्याउने तयारीमा छन् । ती ब्याएपछि सुरुमै उनले दैनिक कम्तीमा एक सय ५० लिटर दूध बिक्रीका लागि डेरी सञ्चालकसँग कुराकानी चलाइरहेका छन् । अबको डेढ वर्षभित्र सबै भैँसी दुहुना भइसक्ने र भरपुर आम्दानी हुने उनको अपेक्षा छ । परम्परागत कृषि व्यवसाय गरेको उनको परिवार पहिलोपल्ट व्यावसायिक पशुपालनमा होमिएको छ । भैँसी गोठमा सञ्चालक सुवेदी, उनकी पत्नी दुर्गा र छोराछोरी खटिन्छन् । काम गर्नेलाई मासिक रु १५ हजार दिइएको छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ८ : ५५ बजे

बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा सम्पन्न

लन्डन– बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ

ट्राफिक कारबाहीमा एकैदिन पाँच लाख बढी राजस्व असुली

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन एक हजार ८१३ सवारीचालकलाई सवारी

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको