फाइल फोटो

राजनीति

शहीदको बलिदानबाट ऊर्जा लिनुपर्छ : मुख्यमन्त्री अधिकारी

By खबरहब

January 30, 2023

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शहीदको बलिदानबाट ऊर्जा लिएर देश निर्माणको नयाँ सङ्कल्प गर्नुपर्ने बताए । शहीद दिवसका अवसरमा आज आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले शहीदको योगदानको कदर गर्नुपर्ने धारणा राखे ।

“समृद्ध नेपालको बाटोमा दत्तचित्त भएर लाग्न शहीदहरुले बाटो देखाउनुभएको छ, शहीदको बलिदानबाट ऊर्जा लिएर नयाँ सङ्कल्प गरौँ, देश निर्माणको महाअभियानमा हामी सबै जुटौँ”, मुख्यमन्त्री अधिकारीले भने।

उनले लोकतन्त्र प्राप्तिका लागि शहीदहरूले पु¥याएको योगदान कहिल्यै बिर्सन नसकिने बताए । त्यसअघि मुख्यमन्त्री अधिकारीसहित विभागीयमन्त्री, प्रदेशसभा सदस्यलगायत विशिष्ट व्यक्तिहरूले शहीदचोकमा रहेको शहीद स्तम्भमा सम्मान अर्पण गरेका थिए ।