लगानीमैत्री वातावरण बनाउन व्यवसायीको माग | Khabarhub Khabarhub

लगानीमैत्री वातावरण बनाउन व्यवसायीको माग


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – व्यवसायीहरूले बैंकको उच्च ब्याजदरले उद्योग व्यवसायमा पारेको समस्या समाधान गरी लगानीमैत्री वातावरण निर्माण गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल राष्ट्रिय व्यवसायी महासङ्घ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, नेपाल फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन लगायतका व्यवसायी संस्थाले आज माइतीघरमा सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न माग गर्दै सडक प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकको उच्च ब्याजदरले उद्योग व्यवसायमा पारेको समस्या सामाधान गरी सरकारले लगानीमैत्री वातावरण बनाउनुपर्ने बताए । उनले बैंकको चर्को ब्याजदरका कारण व्यवसायीहरू सडकमा आउनुपरेको भन्दै तत्काल सरकारले बैंकको ब्याजदर एकल अङ्कमा ल्याउनुपर्ने बताए ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष कुमार कार्कीले सरकारले व्यवसायीलाई परेको समस्या समाधानमा लाग्नुपर्ने बताए। उनले असहज अवस्था भएकाले व्यवसायीले लिएको कर्जाको किस्ता तिर्न समय थप गर्न आग्रह गरे । अध्यक्ष कार्कीले बैंकबाट ऋण लिने प्रत्येक व्यक्तिको व्यवसाय र आयआर्जनलाई सुरक्षित बनाउन नसके जनताको निक्षेप सुरक्षित हुन नसक्ने बताए ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  १० : ३२ बजे

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

काठमाडौं– सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने

‘बजेट ल्याएर निजी क्षेत्रको मनोबल उठाउँछु’- अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन

मोहन वैद्य र सन्तबहादुरबीच पार्टी एकता गर्ने सहमति

काठमाडौं– मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र सन्तबहादुर

मोदी र गान्धीलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीको

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ