दाँतको समस्याबाट बच्ने घरेलु उपाय « Khabarhub

दाँतको समस्याबाट बच्ने घरेलु उपाय

किन दाँतमा किरा लाग्छ ?


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दाँतले खाना चपाउन मद्दत गर्छ। मुख र दाँत हाम्रो शरीरलाई स्वास्थ्य बनाउने माध्यम हुन्। किनकी हामीले खाएका सम्पूर्ण खानेकुरा मुखको र दाँतको माध्यमबाट शरीर भित्र जाने हुन्छ। त्यसैले मुखलाई सफा र स्वच्छ बनाउन सके सिंगो स्वास्थ्य पनि राम्रो हुन्छ। हामीले खाएको खानेकुरा दातामा अड्किँदा त्यसलाई किराले खाने हुन जान्छ। दाँत किराले खाँदा निकै पीडा हुन्छ। त्यसले धेरै दुख्ने हुन्छ। सानो लापरबाहीको कारणले दाँतमा अनेकौँ रोग उत्पन्न हुने गर्दछन्। जस्तो : दाँत दुख्नु, जरा कमजोरी हुनु, दाँतबाट रगत आउनु, चिसो तातो केही खाँदा झमझमाउनु दाँतका समस्या हुन्। समस्या आएपछि उपचार गर्नुभन्दा अगाडि नै समाधान खोज्नु राम्रो हुन्छ।

दाँतमा किरा लाग्ने कारण
हामीले खाएको खाना प्रत्येक दिन सफा गरिएन भने त्यो दाँतमा टाँसिन्छ। त्यो खानेकुरा मुखमा भएका हजारौँ किटाणुका कारण एसिड बन्छ। त्यही एसिडले दाँत बिगार्न थाल्छ। त्यसलाई हामी किरा लागेको भन्छौँ।

चिउरा, मकै, भटमास, सागसब्जी भन्दा बढी मात्रामा गुलियो पदार्थ चकलेट मिठाइ लगायतका खानेकुराको उपयोग गर्ने हुँदा पनि दाँतमा समस्या आउँछ।
बालबालिकामा कम सरसफाइ गर्दा वा पाउरोटी, बिस्कुट गुलियो लिटो आदिको सेवन र अत्यधिक गुलिया खाद्य चकलेट मिठाइ धेरै खुवाउँदा पनि समस्या देखा पर्छ।

दाँतको रोगी हुनबाट बच्न के गर्ने ?
मुला, गाजर, पालक, टमाटरलगायत फलफूल धेरै खानु दाँतको लागि राम्रो हुन्छ। भिटामिनयुक्त र दाँतलाई बलियो बनाउने भिटामिन बी र सी युक्त खाने कुरा खानु राम्रो हुन्छ।

बुँदामा दाँतको हेरचाह

– धेरै तातो र फ्रिजमा धेरै समय राखेको खाना खानु दाँतका लागि राम्रो हुँदैन।
– बिहान बेलुका अनिवार्य रूपमा दाँतको चारै तिर मजाले माझ्नुपर्छ।
– खाना खाएपछि पानीले मुख अनिवार्य रुपमा कुल्ला गर्नुपर्छ।
– दाँत माझदा नरम ब्रसको प्रयोग गर्नुपर्छ।
– दाँतले धेरै कडा र सार्हाे खाना चपाउनु हुँदैन। त्यस्तो कुरा खानु परेमा नरम बनाएर मात्र खानु राम्रो हुन्छ।
– दातलाई स्वास्थ्य राख्न दाँतमा टाँसिने खालका खाना र गुलिया खानेकुरा कम गर्नुपर्छ।
– बालबालिकालाई लिटो वा आमाको दूध खुवाएपछि कुला गराउन सिकाउनुपर्छ।
– प्रत्येक ६ महिनाको फरकमा दन्त चिकित्सकलाई भेटेर दाँतको जाँच गर्नुपर्छ।

घरेलु उपचार विधि
– प्याजलाई कुटेर किराले खाएको दाँतमा केही समय राख्दा दुखाइ कम हुन्छ।
– एक दुई वटा पुदिनाको पातलाई राम्री पिसेर किरा लागेको दाँतमा राख्नाले दुखाइ धेरै कम हुन्छ।
– थोरै ल्वाङको तेल कपासमा राखेर दुखेको दाँतमा लगाउँदा दुखाइ कम हुन्छ।
– थोरै पानीमा बेसार हालेर पेस्ट बनाइ दाँतमा लगाउँदा दुखाइ कम हुन्छ।
– तुलसीको पातलाई थोरै तोरीको तेलमा मिसाएर पिसेर दुखेको ठाउँमा लगाउँदा दुखाई कम गर्छ। (चिकित्सकसँगको कुराकानीमा आधारित)

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  ७ : १३ बजे

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष : निर्वाचन सुरक्षामा पूर्ण तयारी, निष्पक्ष गराउने दृढता

काठमाडौं- सिंहदरबारमा बुधबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४२औं बैठकले निर्वाचनलाई

अमेरिकी रक्षा मन्त्रीको दाबी : हिन्द महासागरमा इरानी युद्धपोत डुबाइयो

वासिङ्टन-अमेरिकी रक्षा मन्त्री पेट हेग्सेथले हिन्द महासागरमा इरानी युद्धपोत डुबाउन

मानवहितमा एआई प्रयोग गर्न संयुक्त राष्ट्रको जोड

संयुक्त राष्ट्र- संयुक्त राष्ट्रका महासचिव एन्तोनियो गुटेरेसले कृत्रिम बुद्धिमत्ता (एआई)

मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह

बेरुत– इजरायलले दक्षिणी लेबनानका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आदेश