लैङ्गिक अल्पसङ्ख्यक बाच्नै नसक्ने कानुन | Khabarhub Khabarhub

लैङ्गिक अल्पसङ्ख्यक बाच्नै नसक्ने कानुन


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

युगान्डाको संसद्ले गत साता गम्भीर निर्णय गरेको छ। त्यहाँको संसद्ले होमोसेक्सीयुल गतिविधिविरुद्धमा पास गरेको कानुनको संसारभर आलोचना भएको छ। राष्ट्रपतिले सो नियम पास गरे एलजीबीटीक्यूको पहिचान भएका जो कोहीले जन्म कैदको सजाय भोग्न सक्ने छन्। एलजीबटीक्यु विदेशी भए पनि तत्काल देश निकाला गर्न सकिने छ।

अहिले समस्यामा परेको अलि एक होमोसेक्युयल हुन्। राजधानी कम्पालामा भएको एक गे बारमा प्रहरीले छापा मार्नु अघिसम्म उनी आफ्नो पहिचान लुकाउन सफल भएका थिए। उनका बाबुले समेत छोराको मुख हेर्न नचाहेको कुरा बताए। बाबुलाई त्यस किसिमको छोरा पाएकोमा दुखेसो छ। २० वर्षको उमेरमा उनले अनेक दुःख सहेका छन्।

अहिले समस्यामा परेको अलि एक होमोसेक्युयल हुन्। राजधानी कम्पालामा भएको एक गे बारमा प्रहरीले छापा मार्नु अघिसम्म उनी आफ्नो पहिचान लुकाउन सफल भएका थिए।

‘मेरा बाबुले पिट्नका लागि मलाई खोजी रहेका थिए। आमाले मलाई लुकाउन खोज्नु हुन्थ्यो। के गर्ने भन्ने उपाय नै नभएपछि म घर छाडेर भागेको हुँ’, उनले भने। उनको यो कथाले युगान्डामा एलजीबीटीक्युले भोगेको त्रास, पीडा र यातनाका कथा बोलेको छ। अहिले नै उनीहरू समस्यामा छन्। अझ एन्टी होमोसेक्सीयुलीटी ऐन राष्ट्रपति समक्ष पुगी सकेको छ।

अहिले यो विचाराधीन अवस्थामा छ। कानुनको मान्यता पाउन एक हस्ताक्षर काफी भइसकेको छ। यस कानुन अनुसार लैङ्गिक अल्पसङ्ख्यक त जुनसुकै समय पनि गिरफ्तार भएर जेल जान सक्ने छन्।

बच्चालाई होमोसेक्सुयलले यौन हिंसा गरेमा मृत्युको सजाय पनि हुनसक्ने छ। १४ वर्ष मुनीको बच्चासँग शारिरिक सम्पर्क भए या एचआइभी पोजेटिभ भएकाले अन्यसँग सम्पर्क गरे मृत्यु दण्डको सामना गर्नुपर्ने छ। कुनै होमोसेक्सुयललाई आश्रय दिँदा पनि जोखिम हुनसक्ने छ। उनीहरूलाई प्रेरित गरेको आरोपमा कारबाही हुनसक्ने छ।

कानुनको मान्यता पाउन एक हस्ताक्षर काफी भइसकेको छ। यस कानुन अनुसार लैङ्गिक अल्पसङ्ख्यक त जुनसुकै समय पनि गिरफ्तार भएर जेल जान सक्ने छन्।

चार वर्ष अघि घर छाडेका अलि तुलनात्मक रूपले सुरक्षित स्थानमा पुगेका थिए। खानाको साथमा घरबार बिहीन गेका लागि रोजगारीको व्यवस्था समेत गरिदिने स्थानमा उनी पुगेका थिए। पूर्व रेस्टुरेन्ट कर्मचारी उनी केही दिन मात्र त्यहाँ रहन पाए। कोरोना भाइरसको कारण सबै क्षेत्रमा लकडाउन भएपछि उनी पनि त्यहाँबाट निस्कन पुगे।

‘सन् २०२० मा हाम्रो सेल्टरमा प्रहरीले छापा मारेको थियो। मानिसहरू लाइनमा बसेर हामीलाई हेर्थे। उनीहरू हाम्रो अपमान र उपहास गरीरहेका हुन्थे। तिनीहरू हामीलाई थुक्थे पनि ’, अलिले भने।

उनीसहित गिरफ्तार भएका २० जना कोरोना भाइरस फैलाएको अभियोगमा जेल पुगेका थिए। उनीहरू जेलमा पुग्दा धेरैले समाचारमा उनीहरूको बारे पढी सकेका थिए। जेल भित्र नै उनीहरूलाई आफू असुरक्षित भएको महसुस हुन थालेको थियो।

आफू अन्य जस्तै सामान्य भएको विश्वास दिलाउने उनीहरूले गरेको प्रयास खेर गएको थियो। त्यहाँका वार्डेनले उनीहरूको केस फाइल हेरिसकेका थिए। वार्डेनले नै अन्य कैदीलाई उनीहरूको समूहलाई पिट्न लगाए। अलीका धेरै साथीको गुप्ताङ्गमा आगोको कोइलाले पोलेको थियो। उनलाई पनि लगातार तीन घण्टा तार र दाउराले पिटिएको थियो। उनको पाखुरामा त्यसको खत छ।

युगान्डाका जेल सेवाका प्रवक्ता भने यो कुरा स्वीकार गर्न तयार छैनन्। उनले हिरासतमा यातना दिइएको कुरालाई बारम्बार अस्वीकार गर्दै भने ‘जेलमा रहँदा उनीहरू गे भन्ने पहिचान नै भएको थिएन। कसैले पनि उनीहरूलाई यातना दिइएको छैन। स्वास्थ्य रिपोर्ट अनुसार पनि कुटपिटको कुनै दाग देखिएको छैन।’

उनीहरूमाथि लागेको अभियोग हटाइएपछि ५० दिनमा उनीहरू रिहा भएका थिए। त्यसपछि नै अलि अर्को कुनै सुरक्षित स्थानमा पुगेका हुन्। गोपनीयता कायम राख्दै २० जना भन्दा बढी युगान्डा छाडेका थिए। ‘सेल्टरमा कुनै पनि समय हामी १० देखि १५ जना हुन्थ्र्यौ।’

युगान्डाका जेल सेवाका प्रवक्ताले भनेका छन्, ‘जेलमा रहँदा उनीहरू गे भन्ने पहिचान नै भएको थिएन। कसैले पनि उनीहरूलाई यातना दिइएको छैन। स्वास्थ्य रिपोर्ट अनुसार पनि कुटपिटको कुनै दाग देखिएको छैन।’

युगान्डाका अल्पसङ्ख्यक बसोबास सङ्घका संयोजकले भने। धेरै एलजबीटीक्युले त्यस अस्थायी घरमा आफूलाई सुरक्षित ठानेका थिए। तर उनीहरू ढुक्क भएर त्यहाँ बस्ने अवस्था नै थिएन। गत वर्षको नोभेम्बरमा उनीहरू पक्राउ परेको घटना भने फरक छ।

एक समूहले कराउँदै चिच्याउँदै गे भएका कारण लखेटेको थियो। अलि हिँडी रहेका थिए। यसैमा एक व्यक्तिले टाउकोमा हिर्कायो। त्यस पछि बेहोस भएका उनी अस्पताल लगिएका थिए। जतातता घाउ र चोटपटक बोकेका उनी फेरि सेल्टरमा पुगे।

तीन वर्षदेखि उनले घर ठानेको त्यो सेल्टर काम्पलाको मेन रोडको छेउमा थियो। त्यस बङ्गला पुग्न जो कोहीलाई पनि निरस लाग्न सक्थ्यो। सुरुवातमा यो एउटा परिवार बस्ने घर जस्तै थियो। ढोकामा आँपको बोट रहेको थियो। छेउमा लुगा सुकाउने डोरी टाँगिएको थियो।

उनीहरूको सेल्टर भए पछि स्थान अभाव भएको हो। ग्यारेजलाई समेत बेड रुम बनाइएको थियो भने भान्छा कोठामा पनि मिलेर सुत्ने व्यवस्था गरिएको थियो। त्यहाँ पनि एक किसिमको डर र त्रास पैदा भएको थियो। एन्टी होमोसेक्सीयुलीटीको त्रासले उनीहरू मात्र होइन घर मालिकलाई पनि सताउन थालेको हो।

एक समूहले कराउँदै चिच्याउँदै गे भएका कारण लखेटेको थियो। अलि हिँडी रहेका थिए। यसैमा एक व्यक्तिले टाउकोमा हिर्कायो। त्यस पछि बेहोस भएका उनी अस्पताल लगिएका थिए। जतातता घाउ र चोटपटक बोकेका उनी फेरि सेल्टरमा पुगे।

त्यो ऐन पास हुने बित्तिकै घर मालिकले निकाली हाले। त्यसपछि उनीहरूको समस्या झनै थपियो। ‘जब हामीलाई निकालियो त्यस समयमा कुनै विकल्प नै थिएन,’ त्यस सेल्टरका छाता सङ्गठनका जोन ग्रेसले भने। त्यसपछि सङ्गठनको भविष्य नै अनिश्चित बनेको थियो।

‘राष्ट्रपतिले त्यो ऐनमा हस्ताक्षर गरे लैङ्गिक अल्पसङ्ख्यकले थुप्रै कानुनी अड्चन र हिंसा सहनु पर्नेछ। उनीहरू मात्र होइन, उनीहरूलाई घरमा राख्ने र सेल्टर दिनेमाथि पनि धेरै समस्या आउन सक्ने छ’ ग्रेसले थप बताए।

यसैगरी टिमले पनि खाली घर खोजी रहेका छन्। उनका बाबु पादरी हुन्। बाबुले उनलाई कुनै हालतमा स्वीकार गर्दैनन्। उनी घरबाट बाहिर निस्केपछि अभिभावकले विश्वविद्यालयको शुल्क पनि तिर्न छाडेका छन्। त्यसपछि उनी यौनकर्मी भएका हुन्। रातको १० जना भन्दा बढी पुरुषसँग बिताएको अनुभव उनको छ। १० पटक सम्म उनले नुहाउनु परेको थियो।

संसद्मा बिल पास भएकै दिनदेखि उनीमाथि साइबर हिंसा सुरु भएको थियो। लामो पीडासँगै मानसिक स्वास्थ्यमा ख्याल गरिरहेका उनीहरू अहिले फेरि त्यही अवस्थामा पुगेका छन्। उनीहरू आफूलाई सम्हाल्न नै सकिरहेका छैनन्।

‘राष्ट्रपतिले त्यो ऐनमा हस्ताक्षर गरे लैङ्गिक अल्पसङ्ख्यकले थुप्रै कानुनी अड्चन र हिंसा सहनु पर्नेछ। उनीहरू मात्र होइन, उनीहरूलाई घरमा राख्ने र सेल्टर दिनेमाथि पनि धेरै समस्या आउन सक्ने छ’ ग्रेसले थप बताए।

एउटै लैङ्गिक पहिचान भएका वयस्कका बीचको यौनलाई अपराध ठहर गर्ने ३२ अफ्रिकी देश मध्ये युगान्डा पनि एक हो। यस ऐनको अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक विरोध भएको छ। अमेरिकाले त यो ऐन लागु भएमा युगान्डा माथि प्रतिबन्धको सम्भावनासमेत व्यक्त गरी सकेको छ। युरोपियन युनियनले पनि यसको आलोचना गरिसकेको छ।

अलि भने टाउकोमा हात राखेर अब कहाँ जाने भन्ने मात्र सोची रहेका छन्। उनीहरूको रोदनमा अहिले स्थानीय र अन्तर्राष्ट्रिय अभियन्ताले साथ दिइरहेका छन्। कठोर मुस्लिम शासन मान्ने त्यहाँको समुदायमा अलिले अल्लाह सम्झँदै भन्न थालेका छन्, ‘मैले के अपराध गरेको थिएँ र मलाई गे बनाएर जन्माएको ?’ अलि जस्ता हजारौंको पीडा अन्तर्राष्ट्रिय समुदायले सुनेको छ। राष्ट्रपतिले त्यो ऐनमा हस्ताक्षर गरे। यो विषयमा अन्तर्राष्ट्रिय निकाय समेत चुप लागेर नबस्न सक्छ।
स्रोत : बीबीसी, ह्युम राइट वाच

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  ७ : ५९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०