आज २०८३ साल जेठ १७ गते आइतबारको राशिफल « Khabarhub

आज २०८३ साल जेठ १७ गते आइतबारको राशिफल


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल जेठ १७ गते आइतबार अधिक जेठ शुक्ल पक्षको पूर्णिमा तिथि। विश्व सूर्तीजन्य पदार्थ विरुद्धको दिवस । सन् २०२६ मे ३१ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : दिन सामान्य छ । आज  तपाईंको मिहिनेतको फल गुम्ने जोखिममा छ। शत्रु बढ्नेछन्। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट राहत मिल्नेछ। राजनीतिमा संकट आउनेछ। शिक्षामा थप  मिहिनेत गर्नुपर्ने समय छ ।

वृष : पठनपाठनमा जोसजाँगर बढ्नेछ। वैदेशिक रोजगारीको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा कर्तव्य पूरा गरेर अगाडि बढ्नुपर्नेछ। प्रेम सम्बन्धमा धोका हुने जोखिम छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

मिथुन :साना कुराले झन्झट थपिने जोखिम छ। धार्मिक व्यक्तिसँग भएको वार्ताले मनमा शान्ति मिल्नेछ। व्यापारमा ठुलो लगानी नगर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन राम्रो छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

सिंह : दिन सामान्य छ । थोरै बोल्न सके फाइदा हुनेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ। व्यापारमा गरेको मिहिनेतको फल मिल्नेछ ।

कन्या : हरेक काम सहजै बन्नेछन्। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सहकार्य सहज बन्ने योग छ। व्यापारमा नाफा होला ।

तुला : सोचेको काम बन्नेछ । शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। शत्रु बढ्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। निर्णय गर्नु अगाडि सोच्नु उपयुक्त हुन्छ। आफूले गरेकाे कामबाट उत्साह बढ्नेछ ।

वृश्चिक : आम्दानीका स्रोत राम्रा छन्। मिहिनेतको फल प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने समय छ। व्यापारमा लगानी गर्दा सचेत बन्नुपर्ने छ ।

धनु : दिन सामान्य छ। लगानीका क्षेत्रमा घाटा हुनेछ। साना कुराले मनमा झन्झट बढ्नेछ। शरीरमा आलस्य बढ्नेछ। परिवारले तपाईंको अवस्था विपरित कुरा गर्दा मन अशान्त बन्नेछ। धार्मिक क्षेत्रको भ्रमण गरे मन शान्त बन्नेछ।

मकर : सोचेका काम बन्नेछन्। व्यापारमा गरेको लगानीले उत्साह थप्नेछ। निजी शिक्षामा गरेको लगाीबाट फाइदा हुनेछ। अभिभावकको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ। नियमित काममा उत्साह बढ्नेछ ।

कुम्भ : मन अशान्त बन्नसक्छ। श्रमको मूल्य प्राप्त नहुने जोखिम छ। एकल निर्णय आजको लागि घातक हुनेछ। सामूहिक निर्णय गरेर अगाडि बढ्नु पर्ने दिन छ । शिक्षामा मिहिनेतको खाँचाे छ ।

मीन : मनमा चिन्ता बढ्ने छ। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। राजनीतिमा चासो बढ्नेछ ।

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  ५ : ११ बजे

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप