बुटवल- नेपाल पत्रकार महासंघको आयोजनामा लुम्बिनीमा हुन लागेको राष्ट्रिय मिडिया सम्मेलन आज सुरु हुँदैछ ।
महासंघले आफ्नो ६८औँ स्थापना दिवसको अवसर पारेर लुम्बिनीमा चैत १६ र १७ गते २ दिने मिडिया सम्मेलन गर्न लागेको हो ।
महासंघका अध्यक्ष विपुल पोखरेलका अनुसार सम्मेलनमा पत्रकारको सदस्यता शुद्धीकरण, आर्थिक संकटले मिडियामा निम्ताएको असर र स्थानीय तहले बनाएका कानुनलगायत अन्य विषयमा छलफल हुनेछ। सम्मेलनमा मिडियाका लगानीकर्ता, सरकारी प्रतिनिधि र अनुसन्धानदाताको समेत सहभागी रहनेछ। सम्मेलनमा देशभरबाट २५० जना सहभागी हुने अनुमान छ।
महासंघले स्थापना दिवसको अवसरमा आज पश्चिम नवलपरासीमा प्रभातफेरि गर्नेछ भने परासीमै महासंघको ८औँ बैठक र साँझ लुम्बिनीमा दीप प्रज्वलन गर्ने कार्यक्रम तय गरेको छ ।
प्रतिक्रिया