ढाका पुगेका जयशंकरले किन भेटेनन् यूनुसलाई ? « Khabarhub

ढाका पुगेका जयशंकरले किन भेटेनन् यूनुसलाई ?


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

ढाका –  भारतका विदेशमन्त्री एस. जयशंकर र बंगलादेशको अन्तरिम सरकारका मुख्य सल्लाहकार प्रोफेसर मोहम्मद यूनुसबीच भेट नभएको खुलेको छ । 

बंगलादेशकी बीएनपी अध्यक्ष खालिदा जियाको निधनपछि श्रद्धाञ्जली अर्पण गर्न ढाका पुगेका जयशंकर र यूनुसको औपचारिक भेट नहुनुलाई लिएर विभिन्न चर्चा र विश्लेषण भइरहेका छन्।

जयशंकर भारत सरकारको तर्फबाट शोक सन्देश लिएर ढाका पुगेका थिए। यसक्रममा उनले खालिदा जियाका छोरा तारिक रहमानसँग भेट गरी प्रधानमन्त्री नरेन्द्र मोदीको पत्र हस्तान्तरण गरेका थिए। तर अन्तरिम सरकार प्रमुख यूनुससँग भने कुनै औपचारिक भेट भएन।

खालिदा जियाको निधनपछि श्रद्धाञ्जली दिन भारतसहित पाकिस्तान, भूटान, नेपाल, श्रीलंका र मालदीवका उच्चस्तरीय प्रतिनिधि ढाका आएका थिए। पाकिस्तानको संसदका सभामुख सरदार अयाज सादिक र नेपालका विदेशमन्त्री बाला नन्द शर्मा भने प्रोफेसर यूनुससँग औपचारिक भेटमा सहभागी भएका थिए।

तर भारत, भूटान, श्रीलंका र मालदीवका प्रतिनिधिसँग अन्तरिम सरकार प्रमुखको भेट नभएको पुष्टि भएको छ। अन्य देशको हकमा खास चर्चा नभए पनि भारतीय विदेशमन्त्रीसँग भेट नहुनुलाई लिएर कूटनीतिक वृत्तमा विभिन्न व्याख्या भइरहेका छन्।

बंगलादेशको विदेश मन्त्रालयका प्रवक्ता महबूबुल आलमले जयशंकर र मुख्य सल्लाहकारबीच भेट नभए पनि भ्रमण निरर्थक नभएको बताए। उनका अनुसार जयशंकरले विधि सल्लाहकार आसिफ नजरुल र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग छुट्टाछुट्टै भेट गरेका थिए।

यस घटनाले भारत–बंगलादेश सम्बन्धको वर्तमान अवस्थाबारे थप बहस जन्माएको छ । 

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ७ : ५१ बजे

आगलागीमा एक जनाको मृत्यु

कैलाली– कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडस्थित एक लजमा गए राति आगलागी

प्रहरीको तैनाथी बढेपछि बस्ती खाली गर्दै सुकुमवासीहरू (तस्बिर)

काठमाडौँ– सरकारले थापाथलिस्थित अतिक्रमित क्षेत्र खाली (सुकुम्बासी बस्ती) डोजर लगाएर

अमेरिका र इरानबीच शान्ति वार्ताको प्रयास, ट्रम्पका विशेष दूत विटकोफसहितको टोली पाकिस्तान पुग्दै

काठमाडौँ– अमेरिका र इरानबीचको द्वन्द्व समानधानका लागि पाकिस्तानको मध्यस्थतामा इस्लामावादमा

जलनका बिरामी बढ्दै, उपचार विस्तार भए पनि जनशक्ति अभाव चुनौती

काठमाडौँ – गर्मी तथा हावाहुरीको मौसम सुरु भएसँगै नेपालमा आगलागीका

अनधिकृत संरचना हटाउँदा मानवीय संवेदना पहिलो प्राथमिकता : सुनिता डंगोल

काठमाडौँ– काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक जग्गा संरक्षण