तरकारी र फलफूलको आजको मूल्य तोकियो « Khabarhub

तरकारी र फलफूलको आजको मूल्य तोकियो


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर ११० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ११० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेँडा ४० रुपैयाँ, अदुवा ११० रुपैयाँ, रातो आलु २३ रुपैयाँ, सेतो आलु १८ रुपैयाँ रहेको छ भने स्थानीय काउली ६० रुपैयाँ, कागती २६० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ११० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३५ रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ, चमसूरको साग ११० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँमा किनबेच भइरहेको छ भने तितो करेला ११० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, लोकल परवर १०० रुपैयाँ, भारतीय सुकेको प्याज ३३ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदिना १५० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, फर्सी पाकेको ४० रुपैयाँ केजी कायम गरिएको छ ।

ब्रोकाउली ९० रुपैयाँ, भान्टा लाम्चो ५० रुपैयाँ, भिण्डी ११० रुपैयाँ केजी, मूला रातो ५० रुपैयाँ, रुख कटहर ८० रुपैयाँ, भुईँ कटहर १४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रुपैयाँ, लौका ५० रुपैयाँ र हरियो धनियाँ ३० रुपैयाँ पाइने समितिले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा प्रतिकेजी २८० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ साथै मंगुरी माछा ३२० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  ८ : ३७ बजे

ड्रोनबाट खिचिएका तस्बिरको प्रदर्शनी पर्यटन बोर्डमा सुरु (तस्बिरहरू)

काठमाडौं– नेपाल पर्यटन बोर्डमा ड्रोनबाट खिचिएका तस्बिरहरूको ३ दिने विशेष

पत्रकार विक्रम रत्न सिन्धुली २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा

एनएमए निर्वाचन : ‘टिम बद्री’ को घोषणपत्रमा समेटिए चिकित्सक सुरक्षा र रोजगारी विस्तार 

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को ३० औँ केन्द्रीय कार्यकारिणी

गणेश पराजुली भन्छन्- बालेनसँग सहमति हुन्छ, वार्ता सकारात्मक छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद गणेश पराजुलीले काठमाडौं महानगरपालिकाका मेयर

संयुक्त राष्ट्रसङ्घद्वारा बुशरा बीबीको हिरासतको अवस्थाको आलोचना

एजेन्सी– यातना सम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष प्रतिवेदकले पाकिस्तानका पूर्व प्रधानमन्त्रीकी