विराट गोल्डकपको उपाधिका लागि विराटनगर र लुका भिड्दै « Khabarhub

विराट गोल्डकपको उपाधिका लागि विराटनगर र लुका भिड्दै


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सुन्दरहरैचा – सातौँ संस्करणको विराट गोल्डकप फुटबलको उपाधिका लागि आज भारत केरलाको लुका सकर क्लब र घरेलु टोली विराटनगर सिटी भिड्ने भएका छन् ।

सहिद रङ्गशालामा फाइनल खेल साँझ ६:४५ बजे हुने छ । लुका सकर पहिलोपटक विराट गोल्डकपको फाइनलमा पुगेको हो । घरेलु टोली विराटनगर भने दोस्रो पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा छ ।

विराटनगरले पूर्वविजेता नेपाल पुलिस क्लब र जावलाखेललाई हराउँदै फाइनलमा स्थान बनाएको हो । विराटनगरले क्वाटरफाइलनमा नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले तथा सेमिफाइनलमा जावलाखेललाई २–१ गोलअन्तरले पराजित गरेको थियो ।

त्यसैगरी विराट गोल्डकपमा पहिलो पटक भाग लिएको लुका सकरले क्वाटरफाइनलमा सङ्कटा क्लबलाई हराएको थियो भने सेमिफाइनलमा साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पाखा लगाउँदै फाइनलमा स्थान तय गरेको हो । विराटनगर छ दशकपछि गोल्डकपको फाइनलमा पुग्न सफल भएको छ ।

गोल्डकपमा नेपाल, भारत र भुटानका गरी आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले रु २० लाख १५ हजार तथा उपविजेताले रु १० लाख २५ हजार पुरस्कार प्राप्त गर्ने प्रतियोगिताका सह–संयोजक सुवाशिष कोइरालाले जानकारी दिए । विसं २०१८ मा ‘महेन्द्र गोल्डकप’का नामले सुरू भएको प्रतियोगिता २०५७ सालदेखि ‘विराट गोल्डकप’का रूपमा सञ्चालन हुँदैआएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  ९ : २१ बजे

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन

प्रधानमन्त्री कार्कीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट

काठमाडौं– नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला