६ वर्षपछि फेरि संसार देखेकी चुम्फा नेपाली   | Khabarhub Khabarhub

६ वर्षपछि फेरि संसार देखेकी चुम्फा नेपाली  


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मुगु- छायाँनाथ रारा नगरपालिका–१ छत्याल बाडाकी ७० वर्षीया चुम्फा नेपाली निःशुल्क आँखा उपचार हुन्छ भनेर जिल्ला आँखा उपचार केन्द्र मुगुमा आइन् । रेडियो लगायत सञ्चार माध्यमबाट निःशुल्क आँखा शिविर सञ्चालन हुने सूचना पाएकै भरमा उनी शिविरमा आइन् । शिविरमा आएर मोतिया विन्दुको सफल शल्यक्रियापछि उनी खुसी भएकी छिन् ।

‘आँखाको अपरेसन निःशुल्क भयो । अब अरूले झैँ राम्ररी देख्न र हेर्न पाउने भएँ,’  आँखाको ज्योति पुनः पाएपछि उनले खुसी हुँदै भनिन् । श्रीमान् प्रदीप नेपालीको ६ वर्षअघि निधन भयो । सोही बेलादेखि आँखामा समस्या भएको उनले बताइन् । श्रीमानको निधनसँगै आँखाको ज्योति पनि धमिलो हुँदै गएको उनले जानकारी दिइन् ।

‘श्रीमानको निधनकै बेलादेखि धमिलो हुँदै गएको थियो । पछि देख्नै नसक्ने भएँ,’ उनले भनिन्, योभन्दा ठूलो पिडा के होला र ?  तर, अहिले शल्यक्रियापछि आफूले फेरि संसार देख्न पाएको चुम्फाले बताइन् । नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र मुगुको आयोजना  हिमालय आँखा अस्पताल घाँरीपाटन पोखरा र नेपाल नेत्र ज्योति संघ  एकीकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्लामा निःशुल्क आँखा चेकजाँच गरिएको हो ।

शिविर तीन दिनसम्म सञ्चालन हुनेछ । दोस्रो दिनसम्म  ३५ जना आँखाका बिरामीको मोतियाबिन्दु गरिएको छ । जसमा २१० जना आँखाका बिरामीलाई निःशुल्क चेकजाँच गरिएको नेपाल नेत्र ज्योति संघ केन्द्रीय उपाध्यक्ष तिलकबहादुर मल्लले बताए ।

बुधबारबाट सुरु भएको तीन दिने शिविरमा मोतीबिन्दु, मासु पलाएको रोगको निःशुल्क शल्यक्रियालगायत आँखा सम्बन्धी सम्पूर्ण उपचारहरू निःशुल्क प्रदान गरिने, आँखाको बिरामीहरूको पहिचान गरी आवश्यक अनुसारका चस्मा प्रयोग, औषधि, परामर्श दिने गरिएको हिमालय आँखा  अस्पताल बाट शिविरमा आउनु भएका डा. गोविन्द नाथ योगीले जानकारी दिए ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  ३ : १३ बजे

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,