तीन लाख अफगान शरणार्थी इरानबाट फर्किए « Khabarhub

तीन लाख अफगान शरणार्थी इरानबाट फर्किए


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काबुल- इरानबाट चार हजार तीन सय २७ जना अफगान शरणार्थी घर फर्किएका छन् । दुई साताअघि छिमेकी राष्ट्र पाकिस्तानबाट पनि तीन हजार अफगान शरणार्थी घर फर्किएका थिए ।

अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले आज जारी विज्ञप्तिअनुसार महिनामा तीन लाख शरणार्थी इरानबाट स्वदेश फर्केका छन् । अफगानिस्तानमा शरणार्थी फिर्तीको प्रक्रिया जारी छ । इरान  र पाकिस्तानमा दर्ता भएका २५ लाखभन्दा बढी अफगान शरणार्थीले  आश्रय लिँदै आएका छन् ।

अफगानिस्तानको कामचलाउ सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन आह्वान गरिरहेको छ । देशको शासन सम्हालेपछि तालिवान सरकारले मातृभूमिको सेवामा आउन उनीहरूलाई आग्रह पनि गर्दै आएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  ५ : ०८ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५