कांग्रेस अहिले दाइ, भाउजु, साला, भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ : स्वर्णिम वाग्ले « Khabarhub

कांग्रेस अहिले दाइ, भाउजु, साला, भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ : स्वर्णिम वाग्ले


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेसबाट अलग भएको घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा विज्ञप्ति जारी गर्दै अर्थशास्त्री वाग्लेले २०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलनदेखिको आफ्नो संलग्नता एवम् ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको पार्टीबाट अलग हुने निर्णय गरेको उल्लेख गरेका छन् । बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाइ–भाउजु–साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा रहेको उनको टिप्पणी छ ।

पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक/सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरेको उल्लेख गर्दै वाग्लेले योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुवैले दिएको जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा आफू गौरवान्वित भएको जनाएका छन् ।

यद्यपि पछिल्ला वर्षहरुमा पार्टीभित्रका गतिविधिहरु नियालेका कांग्रेसजनको शीर निहुरिने अवस्था आएको उनले उल्लेख गरेका छन् ।

अब कांग्रेस–कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने उनको भनाइ छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  ४ : ५० बजे

सेरेना विलियम्स टेनिसमा फिर्ताबारे अनिश्चित

एजेनसी– टेनिसकी २३ पटककी ग्रान्डस्लाम विजेता सेरेना विलियम्सले प्रतिस्पर्धामा फिर्ता

तीन हिरो भएको फिल्ममा आनाको लिड

काठमाडौं – नायिका आना शर्माको अभिनय रहेको फिल्महरु प्रायः चर्चामा

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई स्पष्टीकरण

किमाथांका– निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलका उम्मेदवारको प्रचार–प्रसार गर्ने यहाँका

स्वास्थ्य बीमा व्यवस्थित हुँदैछ, छिट्टै सकारात्मक परिणाम देखिन्छ : मन्त्री शर्मा

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई

मूलपानीबाट समातिएको समूह : जसले सुन लुट्दा कुटपिट गर्दै कानसमेत चुँडाइदिए

काठमाडौं– काठमाडौंको मूलपानी क्षेत्रमा लुटपाटमा संलग्न समूहलाई नियन्त्रणमा लिने क्रममा