हिमालयन ट्राभल मार्ट जेठमा हुने | Khabarhub Khabarhub

हिमालयन ट्राभल मार्ट जेठमा हुने


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पर्यटन प्रवर्द्धनका लागि आगामी जेठमा हिमालयन ट्राभल मार्ट आयोजना हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)नेपाल च्याप्टरको आयोजनामा चौथो संस्करणको मार्ट आगामी जेठ २३ देखि २६ सम्म आयोजना हुन लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सो अवसरमा हिमालय क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि मार्ट कोसे ढुङ्गा बन्नेमा विश्वास व्यक्त गर्नुभएको पाटा नेपालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री प्रचण्डले देशमा आर्थिक वृद्धि र अनेकन रोजगारीको अवसरहरू सिर्जना गर्न प्रचुर सम्भावना रहेको पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताए ।

नेपाललाई आकर्षक पर्यटन गन्तव्यका रुपमाविकास गर्न नेपाल सरकार प्रतिबद्ध रहेको पाटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उक्त लक्ष्य हासिल गर्नका लागि पूर्वाधार सुधार, सडक विमानस्थल र अन्य यातायात सुविधाको विकास र स्तरोन्नति, आवश्यक नीति सुधार, उड्डयन क्षेत्रको सुदृढीकरण, निजी क्षेत्र र व्यवसायी समुदायलाई प्रोत्साहनका लागि सरकारले काम गरिरहेको सन्देशमा उल्लेख छ ।

मार्टका आवश्यक पूर्व तयारी, अन्तर्राष्ट्रिय स्रोत बजारमा प्रचारप्रसार तथा व्यवस्थापन गरिरहेको पाटा नेपाल च्याप्टरका अध्यक्ष विभुतिचन्द ठाकुरले बताए । उनका अनुसार हालसम्म ३० देशका ५० भन्दा बढी क्रेताहरू र २० वटा बिक्रेताहरूले सहभागिताका लागि दर्ता गरिसकेका छन् ।

 

 

 

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  ५ : २८ बजे

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ 

झापा– झापामा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । कनकाई

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी

५२ संवैधानिक पदाधिकारी नियुक्त विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौं– संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आजदेखि पुनः

सुनको मूल्यमा गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो 

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा ट्रक पल्टिँदा अवरुद्ध भएको नारायणगढ–मुग्लिन