अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई चुस्त र प्रभावकारी बनाइने | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई चुस्त र प्रभावकारी बनाइने


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई चुस्त र प्रभावकारी तुल्याउँदै विमानस्थलको छविलाई सकारात्मक राख्न कार्यरत कर्मचारीको कामबारे दैनिक अभिलेख राखिने भएको छ ।

विमानस्थलबाट प्रवाह हुने सेवा, यात्रुको सुविधा सन्तुष्टि सुनिश्चित गर्न कार्ययोजना बनाइएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए । उनका अनुसार अब वायुयान तथा विमानस्थल सुरक्षा, यात्रुको सेवा सुविधा सन्तुष्टि सुनिश्चित गर्न गर्नु पर्ने कामको योजना बनाइने छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन विमानस्थल प्रशासनलाई एक दर्जन प्रश्न सोध्दै त्यसको जवाफ माग गरेका छन् । देशको ऐनाका रूपमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई सुदृढ र प्रभावकारी तुल्याउन उनले पटकपटक छड्के निरीक्षण र विमानस्थलका उच्च अधिकारीसँग चरणबद्ध छलफल गर्दै आएका छन् ।

सोही क्रममा पर्यटनमन्त्री किरातीले आज नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीहरूसँग छलफल गर्दै विमानस्थल सुधारमा किन सुस्तता भनी प्रश्न गरेका थिए । उनले विमानस्थलको सेवाबारे पदाधिकारीसँग एक दर्जनबढी प्रश्न गर्दै तिनको जवाफ कामको परिणाममा दिन निर्देशन दिए ।

उनले ब्यागेज चोरिएको घटनाको सत्यतथ्य खुलाउन, अराइभलमा यात्रु लड्ने विद्युतीय भ¥याङबारे, सरसफाइ अभियानलगायतका प्रश्न विमानस्थलका अधिकारीलाई गरेका थिए। ट्रली फेर्ने, शौचालयभित्रको सुधारका साथै विमानस्थल अगाडिको ब्यूटिफिकेसनमा भइरहेको सुधारबारे पनि उनले जिज्ञासा राखेका थिए।

महाप्रबन्धक तिवारीका अनुसार कार्यालयबाट भएका निर्णय र महाप्रबन्धकबाट भएका निर्देशक कार्यान्वयन गर्न कार्ययोजना बनाइने भएको छ । यस्तो कार्ययोजना विभाग तथा महाशाखाले तयार पारी स्वीकृत गराई कार्यान्वयनमा ल्याइने छ ।

“आफ्नो कार्य सम्पादनको प्रगतिको मूल्याङ्कन आफैँ र सहकर्मीको समेत मूल्याङ्कन गर्ने पद्धत्ति विकास भएको छ । विमानस्थल सुधारका लागि विभागीय मन्त्रीको निर्देशन कार्यान्वयन, विमानस्थल सुरक्षा र यात्रु सेवा सुविधा तथा पूर्वाधारमा केन्द्रित छु । पहिला काम संस्कृतिमा सुधार आवश्यक ठानेको छु र सोहीअनुरुप सुधारको पहल लिएको हुँ”, महाप्रबन्धक तिवारीले भने ।

विभिन्न विभाग, महाशाखा, शाखा प्रमुखले आफूलै दैनिक सम्पादन गरे÷गराएको कामलाई कम्तीमा शाखा प्रमुखले महाशाखा प्रमुख समक्ष, विभागअन्तर्गत महाशाखा प्रमुखले विभागीय प्रमुख समक्ष र विभाग नभएका महाशाखा प्रमुख र विभागीय प्रमुखले महाप्रबन्धकलाई भाइबर÷म्यासेन्जरमार्फत वा प्रत्यक्ष दैनिक रिपोर्टिङ गर्नुपर्ने भएको छ । विभाग र महाशाखा प्रमुखको समीक्षा÷समन्वयात्मक बैठक भने हरेक साता सोमबार ११ बजे बस्ने गरी तोकिएको छ ।

विमानस्थलका कर्मचारीलाई कामप्रति जिम्मेवारीबोध गराउने तथा यात्रुको सुरक्षा र सन्तुष्टिलाई प्राथमिकता दिएर काम अगाडि बढाइएको महाप्रबन्धक तिवारीको भनाइ छ । विमानस्थलमा सरसफाइ, यात्रु सूचना र सहायता कक्ष बनाउन लागिएको, नेपाल वायुसेवा निगमलाई यात्रुप्रति बढी जिम्मेवार बनाउने कामका साथै ट्रली सुधारका लागि प्रक्रिया अघि बढेको उनले उल्लेख गरे ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  १० : ३४ बजे

भाइ टोनी र बहिनी नेहासँग सम्बन्ध अन्त्यको घोषणा गरेको एक महिनामै सँगै देखिइन् सोनु !

काठमाडौं- भारतीय गायिका सोनु कक्कडले गत अप्रिलमा सामाजिक सञ्जालमा परिवारसँग

बाटो निर्माण ढिलाइसम्बन्धी महानगर प्रमुखलाई ध्यानाकर्षण

गण्डकी– लेखनाथ उद्योग वाणिज्य सङ्घले पोखरा महानगरपालिका– २७, ३० र

पर्सामा अवैध चोरी तस्करी रोक्न ‘सिसी क्यामेरा’ जडान

वीरगञ्ज– अवैध चोरी निकासी तथा पैठारी नियन्त्रण गर्न वीरगञ्जका विभिन्न

अफ्रिकन स्वाइन फिभरका कारण ३६ बङ्गुर मरे

सुनसरी– सुनसरीको बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६

‘पृतनापति ट्रफी– २०८२’ सम्पन्न

कर्णाली– यही जेठ १ देखि ५ गतेसम्म सञ्चालित ‘पृतनापति ट्रफी–