फाइल फोटो

राजनीति

कांग्रेसले मन्त्रीको नाम टुंग्याएको छैन : उपसभापति खड्का

By खबरहब

March 30, 2023

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादूर खड्काले अहिलेसम्म पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो नलागेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले मन्त्रीहरुको अन्तिम टुंगो नलागेको र अन्तिमसम्म जे पनि हुन सक्ने बताएका छन् ।

‘अहिलेसम्म तर्फबाट मन्त्रीहरुको फाइनल नाम टुंगो लागि सकेको छैन । जबसम्म औपचारिक निर्णय भएर सभापति ज्यूको हस्ताक्षरित पत्र प्रधानमन्त्री ज्यूको मा पुग्दैन तबसम्म निर्णय परिवर्तन हुन सक्छ’ खड्काले उल्लेख गरेका छन् ।