बाह्र वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ « Khabarhub

बाह्र वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जबर्जस्ती करणीसम्बन्धी मुद्दामा १२ वर्ष कैद र रु छ हजार पाँच सय १८ नगदसहित सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

चौकुने गाउँपालिका–१० सुर्खेत घाटगाउँका ४१ वर्षीय फरार प्रतिवादी जयबहादुर कामीलाई सादा पोशाकमा गएको प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा कर्णाली प्रदेश प्रहरी कार्यालयको अनुसन्धान ब्यूरोको संयुक्त टोलीले विशेष सूचनाका आधारमा कामीलाई बुधबार घाटगाउँबाट नियन्त्रण लिई जिप्रका सुर्खेतको हिरासतमा राखिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी जबर्जस्ती करणी मुद्दामा दुई वर्ष तीन महिना कैद र रु २५ हजार नगद सजाय भई फरार रहेका प्रतिवादी छोटु भन्ने समिर अहमद कबडियालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेसँग समन्वय गरेर फरार प्रतिवादीलाई अड्डासार गरी जिल्ला प्रहरी कार्यालय जाजरकोटमा उपस्थित गराएपश्चात कबडियालाई जाजरकोट जिल्ला अदालतमा पेस गरी बुधबार कारागार चलान गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आज जनाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  ११ : २० बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने