रास्वपाको संसदीय दलको बैठक सोमबार बस्ने « Khabarhub

रास्वपाको संसदीय दलको बैठक सोमबार बस्ने


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबार केन्द्रीय तथा संसदीय दलको बैठक बोलाएको छ।

सो बैठकमा पार्टी सभापति रवि लामिछानेलाई दलको नेता चयन गर्ने तयारी छ। त्यसका लागि संसदीय दलका नेता डोलप्रसाद अर्यालले राजीनामा दिइसकेका छन् ।

सो बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा सरकारमा जाने भन्ने निर्णय गर्ने छ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारीलाई कारबाही गर्ने बुँदा न्यूनतम साझा कार्यक्रमबाट हटाए पछि रास्वपा सरकारमा नजाने बताइरहेको छ।

‘सरकारले न्यूनतम साझा कार्यक्रममा भ्रष्टाचारसम्बन्धी विषय हटाएकाले हाम्रो गम्भीर आपत्ति छ। मतदाताले केही थान मान्छेलाई संसदमा पठाएको होइन। एजेन्डासहित पठाएको हो। अझ निर्मम हुनुपर्ने विषयलाई भएको कुरालाई पनि हटाएकोमा हाम्रो गम्भीर आपत्ति छ। त्यसैले यसमा गम्भीर समीक्षा गरेर मात्र अगाडि बढ्छौँ,’ शुक्रवार शपथ पछि लामिछानेले भनेका थिए।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ९ : ५३ बजे

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज नियुक्त, आजै सपथ गराइँदै

काठमाडौं– सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका

बरामद सञ्चारसामाग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा– रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा