लोकतन्त्रको रक्षा चुनौती बन्दै : गृहमन्त्री श्रेष्ठ « Khabarhub

लोकतन्त्रको रक्षा चुनौती बन्दै : गृहमन्त्री श्रेष्ठ


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- नेकपा माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले लोकतन्त्रको रक्षा माओवादी केन्द्रको मुख्य कार्यभार रहेको बताएका छन्। महोत्तरीमा आयोजित एक कार्यक्रममा उनले लोकतन्त्रलाई असफल बनाउन खोज्ने प्रतिगमनकारीहरू प्रयासलाई असफल बनाउनुपर्ने चुनौती रहेको बताए।

‘शान्ति प्रक्रियाको महत्त्वपूर्ण कार्यभार राजनैतिक परिवर्तन नै गरिसकेका छौँ र बाँकी सङ्क्रमणकालीन न्यायका विषयहरू बाँकी छन्,’ उनले भने। माओवादीले सामाजिक, आर्थिक कार्यभारलाई उचाइमा पुर्‍याउनुपर्ने महत्त्वपूर्ण जिम्मेवारी रहेको उपाध्यक्ष श्रेष्ठको भनाइ छ।

राजनैतिक परिवर्तनलाई रक्षा गर्दै सामाजिक, आर्थिक र समाजवादको यात्रामा जान सकिएन भने राजनैतिक परिवर्तनको कुनै औचित्य रहन नसक्ने उनले बताए। उनका अनुसार अहिलेको गठबन्धन कार्यगत एकता मात्र हो। सामाजिक, आर्थिक रूपान्तरणको लागि वाम मोर्चाको जरुरी भएको उनको भनाइ छ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  १० : ३४ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका