लोकतन्त्रको रक्षा चुनौती बन्दै : गृहमन्त्री श्रेष्ठ « Khabarhub

लोकतन्त्रको रक्षा चुनौती बन्दै : गृहमन्त्री श्रेष्ठ


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- नेकपा माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले लोकतन्त्रको रक्षा माओवादी केन्द्रको मुख्य कार्यभार रहेको बताएका छन्। महोत्तरीमा आयोजित एक कार्यक्रममा उनले लोकतन्त्रलाई असफल बनाउन खोज्ने प्रतिगमनकारीहरू प्रयासलाई असफल बनाउनुपर्ने चुनौती रहेको बताए।

‘शान्ति प्रक्रियाको महत्त्वपूर्ण कार्यभार राजनैतिक परिवर्तन नै गरिसकेका छौँ र बाँकी सङ्क्रमणकालीन न्यायका विषयहरू बाँकी छन्,’ उनले भने। माओवादीले सामाजिक, आर्थिक कार्यभारलाई उचाइमा पुर्‍याउनुपर्ने महत्त्वपूर्ण जिम्मेवारी रहेको उपाध्यक्ष श्रेष्ठको भनाइ छ।

राजनैतिक परिवर्तनलाई रक्षा गर्दै सामाजिक, आर्थिक र समाजवादको यात्रामा जान सकिएन भने राजनैतिक परिवर्तनको कुनै औचित्य रहन नसक्ने उनले बताए। उनका अनुसार अहिलेको गठबन्धन कार्यगत एकता मात्र हो। सामाजिक, आर्थिक रूपान्तरणको लागि वाम मोर्चाको जरुरी भएको उनको भनाइ छ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  १० : ३४ बजे

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट