इङवा हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन « Khabarhub

इङवा हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इङवा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

कार्यालय समयभित्र यस आईपीओमा आवेदन दिन सकिनेछ। हाइड्रोपावरले वैशाख १३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरिसकेको छ। कम्पनीले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ जारी गरेको हो।

त्यस्तै, सामूहिक लगानी कोष ५ प्रतिशत अर्थात् ७४ हजार ६५८ कित्ता र कर्मचारीका लागि २ प्रतिशत अर्थात् २९ हजार ८६३ कित्ता छुटाइएको छ। बाँकी १२ लाख ६८ हजार ६३९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ। यो आईपीओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

रेटिङ एजेन्सी केयर नेपालले इङवा हाइड्रोपावरको आईपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्छ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  १० : ४१ बजे

प्रतिज्ञा पत्रमा उल्लेख गरेका विषय कांग्रेसले कार्यान्वयन गरेरै छाड्छ : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा

मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि प्रशिक्षण सुरु

नेपालगन्ज– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक

गृहमन्त्रीद्वारा धादिङ दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले गएराति धादिङमा भएको बस दुर्घटनाका घाइतेको

मंगलबारदेखि नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

काठमाडौं– नबिल बैंक, सुषमा कोइराला मेमोरियल अस्पताल तथा सेती प्रादेशिक

एमएडब्लू अर्थमुभर्स ‘डिलर अफ द इयर-साउथ एसिया रिजन’ अवार्डबाट चौथो पटक सम्मानित

काठमाडौं– नेपालमा जेसीबीका कन्स्ट्रक्सन तथा हेभी इक्विपमेन्टकोआधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रालिले