‘दुई कदम’को ८० प्रतिशत छायांकन « Khabarhub

‘दुई कदम’को ८० प्रतिशत छायांकन


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उदय सुब्बाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘दुई कदम’को ८० प्रतिशत छायांकन सकिएको छ। फिल्मको हाल पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा सुटिङ भइरहेको छ।

दयाराम घिमिरेको कथा रहेको प्रेमकथात्मक फिल्ममा तारादेवी लिम्बूको निर्माण छ। अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको फिल्ममा गौरव पहारी, बुद्धि तामाङ, इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, अर्जुन गुरुङ ‘भंगेरी’, कविता आले मगर, विमला लिम्बु, चन्दा दाहाल, जीवन लिम्बु लगायतका कलाकारको अभिनय छ।

फिल्मका निर्देशक सुब्बाले दर्शकलाई एउटा राम्रो प्रेमकथाको फिल्म दिनका लागि आफूहरूले मेहनत गरिरहेको बताए। अभिनेता पहारीले धेरै समयपछि अलिक फरक किसिमको प्रेमकथाको फिल्ममा काम गर्न पाउँदा खुसी लागेको बताए।

विक्रम डिसीको छायांकन रहेको फिल्ममा ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, राजु किराँतीको द्वन्द्व र रामजी लामिछानेको नृत्य छ। फिल्म भदौमा रिलिज हुने निर्माण पक्षले जनाएको छ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ११ : ३६ बजे

ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ

काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

गण्डकी– आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२

समस्याहरू समाधान गर्दै सरकार अघि बढिरहन्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले विभिन्न क्षेत्रमा देखिएका समस्याहरूको समाधान गर्दै

आठ महिनापछि अन्तरिक्ष टोलीको सुरक्षित फिर्ती

मस्को– अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा आठ महिना बिताएको अमेरिकी–रूसी

पोखराको केदारेश्वर मन्दिरमा साउने सोमबारको रौनक (तस्बिरहरू)

पोखरा– साउनको दोस्रो सोमबार आज पोखराको केदारेश्वर मन्दिरमा दर्शनार्थीको भीड लागेको