‘दुई कदम’को ८० प्रतिशत छायांकन « Khabarhub

‘दुई कदम’को ८० प्रतिशत छायांकन


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उदय सुब्बाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘दुई कदम’को ८० प्रतिशत छायांकन सकिएको छ। फिल्मको हाल पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा सुटिङ भइरहेको छ।

दयाराम घिमिरेको कथा रहेको प्रेमकथात्मक फिल्ममा तारादेवी लिम्बूको निर्माण छ। अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको फिल्ममा गौरव पहारी, बुद्धि तामाङ, इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, अर्जुन गुरुङ ‘भंगेरी’, कविता आले मगर, विमला लिम्बु, चन्दा दाहाल, जीवन लिम्बु लगायतका कलाकारको अभिनय छ।

फिल्मका निर्देशक सुब्बाले दर्शकलाई एउटा राम्रो प्रेमकथाको फिल्म दिनका लागि आफूहरूले मेहनत गरिरहेको बताए। अभिनेता पहारीले धेरै समयपछि अलिक फरक किसिमको प्रेमकथाको फिल्ममा काम गर्न पाउँदा खुसी लागेको बताए।

विक्रम डिसीको छायांकन रहेको फिल्ममा ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, राजु किराँतीको द्वन्द्व र रामजी लामिछानेको नृत्य छ। फिल्म भदौमा रिलिज हुने निर्माण पक्षले जनाएको छ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ११ : ३६ बजे

ग्रिनल्यान्ड भू–राजनीतिक बहसको केन्द्रमा

एजेन्सी – ग्रिनल्यान्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टापु नियन्त्रण गर्ने

बजारमा बढ्यो तरुल, सखरखण्ड, पिँडालुको बिक्री (तस्बिरहरू)

काठमाडौं– माघे संक्रान्ति पर्वको आगमनसँगै राजधानीको कालीमाटी फलफूल तथा तरकारी

गगन–विश्व कारवाहीपछि महेश बस्नेतको टिप्पणी- ‘लासहरूको पार्टी हैन भन्नेले कांग्रेसलाई खरानी बनाए’

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो

बङ्गलादेशमा निर्वाचनअघि आगमन भिसा निषेध

एजेन्सी– बङ्गलादेशले आम चुनाव तथा जनमत सङ्ग्रह अघि जनवरी– १५

गाजामा युद्धविरामपछि सयभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

एजेन्सी– गत अक्टोबरको युद्धविराम पछि गाजा पट्टीमा इजरायली ड्रोन तथा