महावीरका माग पुरा गर्न कांग्रेस महामन्त्री शर्माको माग  « Khabarhub

महावीरका माग पुरा गर्न कांग्रेस महामन्त्री शर्माको माग 


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वैज्ञानिक महावीर पुनका माग पुरा गर्न सरकारसँग माग गरेका छन् ।

आविष्कार केन्द्र स्थापना गरेर राष्ट्रका लागि महत्त्वपूर्ण योगदान गरिरहेका व्यक्तित्वको कदर गर्दै प्रधानमन्त्रीले पुनको माग सम्बोधन गर्नुपर्ने उनले बताएका हुन् ।

आइतबार सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘आविस्कार केन्द्र स्थापना गरेर राष्ट्रका लागि महत्त्वपूर्ण योगदान गरिरहनु भएका व्यक्तित्वको कदर गर्दै सम्माननीय  प्रधानमन्त्रीलाई उहाँका मागहरू सम्बोधन गर्न तत्काल आवश्यक पहलकदमीका लागि आग्रह गर्दछु ।’

आविष्कार र नवप्रवर्तनका लागि हरेक वर्ष संघीय र प्रदेश सरकारले बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्नेलगायतका केही माग राख्दै पुनले शुक्रबारदेखि आन्दोलन जारी राखेका छन् । उनलाई केही राजनीतिक दल र नागरिक समाजका अगुवाले समर्थन जनाएका छन् ।

त्यतिमात्र होइन पुनको आन्दोलनको समर्थनमा देशका विभिन्न जिल्लामा प्रदर्शन भइरहेको छ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  १ : २७ बजे

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट