पूर्वमा कार्यक्रम बिथोल्न खोज्नेलाई राज्यले नै संरक्षण गर्‍यो : अध्यक्ष ओली « Khabarhub

पूर्वमा कार्यक्रम बिथोल्न खोज्नेलाई राज्यले नै संरक्षण गर्‍यो : अध्यक्ष ओली


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वमा आफ्नो कार्यक्रम बिथोल्न खोज्नेहरुलाई राज्यले नै संरक्षण गरेको बताएका छन् । 

अखिल नेपाल किसान महासंघको ७३ औं स्थापना दिवसका अवसरमा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा ओलीले केही व्यक्तिले आफुस सहभागी कार्यक्रम रोक्ने प्रयास सत्ता गठबन्धनकै कार्यकर्ताबाट भएको र उक्त गतिविधि गर्नेलाई राज्यले नै संरक्षण गरेको बताएका हुन् ।

उनले नियोजित रुपमा नै आफ्नो कार्यक्रम बिथोल्ने प्रयास गरेको र उक्त क्रियाकलापमा संलग्न असामाजिक तत्त्वहरूको मनोबल उच्च देखिएको उल्लेख गरे । कार्यक्रममा ओलीले महाकाली सन्धिलाई एमालेले सच्चाएको भन्दै नेपालको हितमा रहेको बताए । उनले राजतन्त्र स्वार्थी फटाहा वा अज्ञानीहरूले मात्रै मान्ने टिप्पणी गरे ।

उनले धेरै अघिदेखि नै कम्युनिष्ट फुटाउने काम भएको भन्दै यसतर्फ सबै सचेत रहनुपर्ने बताए । अध्यक्ष ओलीले पार्टीलाई बलियो बनाउनका लागि संगठनलाई समेत बलियो बनाउनुपर्ने धारणा राखे कार्यक्रममा महासंघका पूर्वअध्यक्षलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ५ : ०१ बजे

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु