सुडानमा फेरि भीषण युद्ध सुरु « Khabarhub

सुडानमा फेरि भीषण युद्ध सुरु


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

खार्तुम- अफ्रिकी देश सुडानको राजधानी खार्तुममा पुनः भीषण युद्ध सुरु भएको छ । युद्धग्रस्त क्षेत्रबाट सर्वसाधारणलाई सुरक्षित रुपमा बाहिर जाने वातावरण बनाउने उद्देश्यले गरिएको पछिल्लो युद्धविराम भङ्ग भएको छ ।

सुडानी सेनाले विपक्षी अर्धसैनिक बल आरएसएफलाई चारै दिशाबाट आक्रमण गरिरहेको बताएको छ । युद्धका कारण घरमै फसेका हजारौँ सुडानी अन्नपानीको अभावमा छटपटाइ रहेका छन् । युद्धकै बीचमा जोखिम मोलेर विदेशी नागरिकलाई भने सम्बन्धित देशका सरकारले सुरक्षित स्थानतर्फ लगिरहेका छन् ।

अस्थिरताको पर्याय बनेको उत्तरपूर्वी यो अफ्रिकी मुलुकमा सन् २०२१ मा लामो समयदेखि शासन सत्ता सञ्चालन गरेका ओमार अल बसिरलाई सत्ताच्युत गरेपछि बुहारन र डगालोबीचको शक्ति सङ्घर्षले लिएको उग्र रुपको परिणाम अहिलेको द्वन्द्वको प्रमुख कारण हो ।

सुडानामा नागरिक शासन कसरी पुनःस्थपान गर्ने भन्नेमा उत्पन्न मतभेद नै यो भीषण युद्धको कारण बनेको छ । आरएसएफले देशका सम्भ्रान्त वर्गविरुद्ध सीमान्तकृत समूहको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ भने आरएसएफका सेनालाई जातीय सफाया गरेको आरोप बुरहान समूहले लगाएको छ ।

आरएसएफलाई सेनामा समाहित गर्ने विषयमा सेना प्रमुख अब्देल फताह अल बुरहान र आरएसएफ प्रमुख मोहम्मद हमदान डगालोबीचको मतभिन्नता निरुपण नहुँदा समस्या बल्झेको विश्लेषकले बताएका छन् ।

पन्ध्र दिनअघि सुरु भएको युद्धमा कम्तीमा पाँच सय १२ जनाको मृत्यु भएको छ भने चार हजार एक सय ९३ जना घाइते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यद्यपि युद्धमा परी ज्यान गुमाउने र घाइेत हुनेको सङ्ख्या यो भन्दा धेरै बढी भएको ठानिएको छ । राष्ट्रसङ्घीय निकायले करिब दुई लाख सुडानी सुरक्षित स्थानको खोजीमा छिमेकी मुलुकतर्फ भागेका बताएका छन् ।

आठ वटा अफ्रिकी मुलुकका साथै अमेरिका, बेलायत र संयुक्त राष्ट्रसङ्घको ७२ घण्टा पुनःयुद्धविराम गराउने गहन कूटनीतिक प्रयास गत बिहीबार सफल भएको र द्वन्द्वरत पक्षले त्यसलाई पालना गर्ने बताएका थिए तर उक्त सहमति पूर्ण रुपले पालना नभएकामा अन्तर्राष्ट्रिय समुदायले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

युद्धबाट सुडानका १८ मध्ये १२ वटा राज्य प्रभावित भएका छन् । डार्फर र राजधानी खार्तुम अधिक प्रभावित भएका छन् । राष्ट्रसङ्घीय खाद्य कार्यक्रमले युद्ध जारी रहेमा एक करोड ५० लाख सुडानी भोकमरीको चपेटामा पर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ५ : १३ बजे

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ