‘अयोग्य लडाकुका लागि सरकारी ढुकुटी रित्याउन खोज्नु गलत’ « Khabarhub

‘अयोग्य लडाकुका लागि सरकारी ढुकुटी रित्याउन खोज्नु गलत’


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता पुष्पकुमार शाहीले मुलुक आर्थिक मन्दीमा रहेको समयमा अयोग्य लडाकुका नाममा सरकारी ढुकुटी रित्याउन खोज्नु गलत भएको बताएका छन्। काठमाडौंको बालुवाटारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अयोग्य लडाकुको व्यवस्थापनका लागि अस्थायी नभएर स्थायी समाधान खोजिनुपर्ने उनले बताए।

नेता शाहीले देशको परिवर्तनमा लाग्छु भनेर गएका युवाहरूलाई सरकारले दुई लाख रकम दिँदैमा उनीहरूको जीवनमा कुनै ठूलो उपलब्धि नहुने भएकाले दीर्घकालीन समस्या समाधानका उपाय खोजिनुपर्ने बताए ।

‘अयोग्य लडाकुलाई पैसा बाँड्ने होइन, सीप सिकाउनुपर्छ। सरकारले उद्योग खोलेर उनीहरूलाई रोजगारको ग्यारेन्टी गर्दै स्थायी समस्या समाधानको बाटो खोज्नुपर्छ,’ उनले भने।

करिब ४ हजार अयोग्य लडाकुलाई प्रतिव्यक्ति २ लाख रुपियाँका दरले बाँड्दा करिब ८० करोड राज्य ढुकुटीबाट सकिने छ। गत चैत ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले अयोग्य माओवादी लडाकुहरूलाई जनही दुई लाख रुपैयाँ दिने निर्णय गरेको थियो।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ६ : ४४ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि