‘अयोग्य लडाकुका लागि सरकारी ढुकुटी रित्याउन खोज्नु गलत’ « Khabarhub

‘अयोग्य लडाकुका लागि सरकारी ढुकुटी रित्याउन खोज्नु गलत’


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता पुष्पकुमार शाहीले मुलुक आर्थिक मन्दीमा रहेको समयमा अयोग्य लडाकुका नाममा सरकारी ढुकुटी रित्याउन खोज्नु गलत भएको बताएका छन्। काठमाडौंको बालुवाटारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अयोग्य लडाकुको व्यवस्थापनका लागि अस्थायी नभएर स्थायी समाधान खोजिनुपर्ने उनले बताए।

नेता शाहीले देशको परिवर्तनमा लाग्छु भनेर गएका युवाहरूलाई सरकारले दुई लाख रकम दिँदैमा उनीहरूको जीवनमा कुनै ठूलो उपलब्धि नहुने भएकाले दीर्घकालीन समस्या समाधानका उपाय खोजिनुपर्ने बताए ।

‘अयोग्य लडाकुलाई पैसा बाँड्ने होइन, सीप सिकाउनुपर्छ। सरकारले उद्योग खोलेर उनीहरूलाई रोजगारको ग्यारेन्टी गर्दै स्थायी समस्या समाधानको बाटो खोज्नुपर्छ,’ उनले भने।

करिब ४ हजार अयोग्य लडाकुलाई प्रतिव्यक्ति २ लाख रुपियाँका दरले बाँड्दा करिब ८० करोड राज्य ढुकुटीबाट सकिने छ। गत चैत ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले अयोग्य माओवादी लडाकुहरूलाई जनही दुई लाख रुपैयाँ दिने निर्णय गरेको थियो।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ६ : ४४ बजे

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट