‘लेजर थेरापी आँखाबाहेक सबै अंगमा गर्न सकिन्छ’ « Khabarhub

‘लेजर थेरापी आँखाबाहेक सबै अंगमा गर्न सकिन्छ’


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

विकिरणको माध्यमबाट विभिन्न प्रकारका रोगको उपचार गर्ने पद्धतिलाई लेजर थेरापी भन्ने गरिन्छ। जसलाई वैकल्पिक उपचार प्रविधि पनि सकिन्छ। अहिले लेजर थेरापी नेपालमा धेरै प्रयोग गरिन्छ। शरीरका विभिन्न रोग, भित्री तथा बाहिरी घाउ, नचल्ने अङ्ग, जोर्नीका दुखाई जस्ता शरीरका विभिन्न रोगलाई बाहिरी विकिरणको प्रभावबाट उपचार गर्ने प्रविधिलाई लेजर थेरापी विधि भनिन्छ। आखिर के हो लेजर थेरापी ? नेपालमा यो विधि कसरी आयो ? शरीरको कुन भागमा लेजर थेरापी गर्न हुँदैन ? कस्ता बिरामीले लेजर थेरापी गर्नुहुँदैन ? यो अरू उपचार विधि भन्दा कसरी फरक छ ? लेजर थेरापी गरेपछि पछि गएर केही असर गर्छ कि गर्दैन ? लगायतका विषयमा आधारित रहेर खबरहबका लागि नेपालको पहिलो लेजर थेरापी विशेषज्ञ डा. सुशीला वैद्यसँग गरिएको कुराकानीको सम्पादित अंश :

के हो लेजर थेरापी ?
लेजर थेरापी भनेको फिजियो थेरापी उपचार विधिभित्र पर्ने अल्टरनेटिभ पद्धति हो। यसको उपचार विकिरणको माध्यमबाट गरिन्छ। लेजर विकिरणले रोगी अङ्गलाई सेकाएर उपचार गर्छ। अरू मेसिनको प्रयोगले जति उपचार हुन्छ त्यसले भित्रसम्म डोज पुर्याउन सक्दैन। त्यो विकिरण छालाको माध्यमबाट भित्री अङ्गको ६ सेन्टिमिटरसम्म पुगेर टिस्यु हिलिङको काम गर्छ। जसले गर्दा रोगी भएको शरीरको जुन अंग छ त्यो अंग निको हुन्छ। शरीरको कुनै पनि कोशिका अशक्त हुँदा यो विकिरणले ती कोशिकालाई सशक्त बनाउँछ।

लामो समयसम्म उपचार गरेर पनि सन्चो भएन भने। त्यस्तो अवस्थामा लेजर विकिरणको माध्यमबाट उपचार गरिन्छ। त्यसरी उपचार गर्दा त्यो बिग्रेका कोशिका फेरि राम्रो बनेर रोग लागिरहने अङ्ग निरोगी हुन्छ। अथवा अन्य रोग लाग्नबाट पनि बच्छ। लेजर थेरापीमा टाउकोको कपालदेखि लिएर खुट्टाको नङसम्म ४०० भन्दा बढी रोगको उपचार हुन्छ।

अरू उपचार भन्दा यो विधि कसरी फरक छ ?
कुनै पनि अरु प्रविधिले उपचार गर्दा छालाको बाहिरी भागको मात्र उपचार हुन्छ भने लेजर थेरापी यस्तो विकिरण हो जसले छालाको माध्यमबाट शरीरभित्र छिरेर जान्छ र यसले छालामा कुनै पनि दुखाइ नभई उपचार हुन्छ। आज विकिरण दियो भने भोलि त्यो सुनिएको भाग सुकिसकेको हुन्छ। त्यसैले अरू औषधि खाएर दुखाइ कम गर्नु भन्दा यो विधिले सबै सेल्समा हिट गएर काम गर्ने हुनाले दुखाई एकदमै छिटो कम हुन्छ।

यो विधि सजिलो र सस्तो पनि छ। बाहिर एक दुई घण्टा मसाज गर्दा दुई हजार हजार लागिहाल्छ। हाम्रोमा एउटा प्याकेज हुन्छ। त्यसमा नै लेजर विकिरण विधिबाट गर्ने थेरापी पर्दछ। फिजियो थेरापीमा पनि अन्तको भन्दा हाम्रोमा अलिक फरक तरिकाले जस्तोः दुखेको अङ्गलाई नचलाई वरपर सुकेको अङ्गमा मात्र उपचार गरिन्छ।

शरीरको कुन भागमा लेजर थेरापी गर्नु हुँदैन ?
हामीले हाम्रो शरीरका अंगहरूमा लेजर थेरापी गर्छौँ। तर आँखामा लेजर थेरापी गर्नु हुँदैन। आँखा भन्दा अरू जुन भागमा पनि राख्न सकिन्छ। नाक, कान घाँटीलगायत सबै भागमा गर्न मिल्यो।

कस्ता बिरामीले लेजर थेरापी गर्नुहुँदैन ?
कुनै गर्भवती छिन् भने उनले गर्नु हुँदैन अर्थात् गर्भावस्थामा लेजर थेरापी गर्नु हुँदैन। रक्त अल्पता भएका मानिसले पनि गर्नु हुँदैन। ल्युकिमिया र अन्य क्यान्सरका बिरामीले पनि लेजर थेरापी गर्नु हुँदैन।

लेजर थेरापी गरेपछि केही असर हुन्छ कि ?
लेजर थेरापी भनेको एउटा यस्तो उपचार पद्धति हो यो जुनसुकै उमेर समूहका मानिसलाई गर्न सकिन्छ। तातो चिसो नआउने सेल्सलाई ड्यामेज नगर्ने, यो सेल्सलाई रिन्यु मात्र गर्ने डोज हो। त्यसैले कुनै पनि साइडइफेक्ट आउँदैन। कुनै असर गर्दैन।

थेरापीका अरू फाइदा के के छन् ?
अहिलेको उपचार पद्धतिमा लेजर थेरापनीका विभिन्न फाइदा छन्। जसलाई बुँदागत रुपमा यसरी उल्लेख गर्न सकिन्छ।
– नाकमा मासु पलाएर सास फेर्न गाह्रो भएको अवस्थामा यो विधि प्रयोग गरिन्छ। जसले बिरामीलाई राहत दिन्छ।
-फोक्सोमा दम भएको छ भने अक्सिजन लिएको बिरामीलाई अक्सिजन नै लिनु नपर्ने तरिकाले उपचार गरिन्छ।
– हात खुट्टा झमझम हुने छाला सुक्ने समस्यामा यो विधि प्रयोग गर्न सकिन्छ।
– पाठेघरको मुखको घाउलाई यो विधि प्रयोग गरेर उपचार गर्न सकिन्छ।

– डिम्बाशय राम्रोसँग विकास नभएको र पायल्स र पेट भित्रको अल्सरको समस्या भएमा यो विधिबाट राम्रो उपचार हुन्छ।
– कोही मान्छेहरू ५-६ वर्षदेखि ढाँड दुखेको र अस्पताल जाँदा रोग छिप्पी सकेको हुन्छ। उसको त्यो रोग विकिरणले पूर्ण निको होस् भन्नका लागि लेजर थेरापी गर्नुपर्छ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ७ : ०७ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई