लक्की फिल्मी अवार्डको जिंगल सार्वजनिक « Khabarhub

लक्की फिल्मी अवार्डको जिंगल सार्वजनिक


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

चितवन– असार ८ गते चितवनमा हुने एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्डको अडियो जिंगल सार्वजनिक भएको छ । नायक अनुप विक्रम शाही, नायिका प्रियंका कार्की र लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले संयुक्त रुपमा अडियो जिंगल सार्वजनिक गरेका हुन् ।

नायक अनुप विक्रम शाहीले फिल्मी अवार्डले कलाकारहरूलाई हौसला मिल्ने बताए । नायिका प्रियंका कार्कीले फिल्मी अवार्ड कलाकारहरुका लागि उत्सव भएको बताइन् । चलचित्र उद्योगको प्रर्वद्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान गर्ने लक्ष्य सहित चितवनमा फिल्मी अवार्ड कार्यक्रम हुन लागेको हो ।

अडियो जिंगलमा आनन्द कार्की, सरिता शाहीको स्वर रहेको छ । हरि कार्की ‘लक्की’ को शब्द, राजु सिंहको संगीत , मनोहर सुनाम म्युजिक एरेन्जर, भोला पौडेल रेकर्डिङरमिक्स मास्टर रहेका छन् । साउन्ड रेकर्डिङ स्टुडियोमा जिंगल रेकर्ड गरिएको हो । फिल्मी अवार्डमा देशभरबाट सिनेकर्मी, कलाकारहरू सहभागि हुनेछन् ।

फिल्मी अवार्ड कार्यक्रम लेक ट्वान्टी थाउजेण्ड फार्म एण्ड रिट्रिटमा हुनेछ । लक्की मिडियाका महाप्रबन्धक कार्कीले देशव्यापी प्रचार-प्रसार कार्य जारी रहेको बताए । अवार्ड वितरणका लागि जुरी टिम समेत निर्माण भैसकेको बताए । उनका अनुसार सिने क्षेत्रका दुई दर्जन बढी विधामा अवार्डहरू वितरण हुने छन् ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ११ : ४१ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा