काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।
मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा जावलाखेलले त्रिभुवन आर्मी क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
जावलाखेलको जितमा एनकोटो मासोबी खेलको ५५ र ७८ औँ मिनेटमा गोल गरेका थिए । जितसँगै जावलाखेलले २३ खेलमा ३७ अंक जोडेको छ, समान खेल खेलेको आर्मीको ३० अंक रहेको छ ।
प्रतिक्रिया