वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक « Khabarhub

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय समावेशीकरण, प्रगाढता र दिगो आर्थिक विकास हासिल गर्न राष्ट्र बैंकले ‘डिजिटल वित्तीय सेवाका लागि फिनटेक रणनीति (२०२६/२७–२०३०/३१)’ को रणनीतिक खाका अघि सारेको छ।

नीतिगत सुधार, उत्थानशील डिजिटल पूर्वाधार र प्रभावकारी अनुगमनमार्फत उत्तरदायी डिजिटल वित्तीय सेवाको प्रवर्द्धन गर्दै उपभोक्ताको विश्वास अभिवृद्धि गर्ने लक्ष्यसहित केन्द्रीय बैंकले सो रणनीतिक खाका तयार पारेको हो।

वित्तीय समावेशीकरणमा सुधार ल्याउन रणनीतिक खाकाले नीतिगत सुधारमार्फत डिजिटल वित्तीय सेवाको पहुँच र विस्तार बढाउने तथा नवप्रवर्तनको प्रयोग गरी वित्तीय सेवाको लागत घटाउने योजना बनाएको छ। यसका साथै वित्तीय क्षेत्रमा प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने र वित्तीय सेवाका विकल्पलाई विस्तार तथा सुदृढ गर्ने रणनीति तय गरिएको छ।

विशेष गरी वित्तीय पहुँचबाट पछाडि परेका क्षेत्रहरूलाई समेट्न लघु, घरेलु, साना तथा मझौला उद्यम, ग्रामीण क्षेत्र, महिला, युवा, बालबालिका र ‘गिग इकोनोमी’ का श्रमिकलाई प्राथमिकतामा राखिएको छ।

वित्तीय समावेशीकरणका लक्ष्य हासिल गर्न रणनीतिक खाकालाई तीन मुख्य स्तम्भमा विभाजन गरिएको छ। जसमा पूर्वाधार विकास, नीति, नियमन तथा सुशासन र फिनटेक इकोसिस्टम विकास रहेका छन्।

यस रणनीतिक खाकाले सुरक्षित, विश्वसनीय, समावेशी र उत्थानशील डिजिटल वित्तीय प्रणालीको निर्माण गरी सेवाको पहुँच, प्रयोग र गुणस्तरमा सुधार ल्याउँदै दिगो आर्थिक विकासमा योगदान पुर्‍याउने अपेक्षा राष्ट्र बैंकको छ।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  ९ : ३० बजे

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को