‘गणतन्त्र दिवस सांस्कृतिक साँझ’मा प्रधानमन्त्री प्रचण्ड « Khabarhub

‘गणतन्त्र दिवस सांस्कृतिक साँझ’मा प्रधानमन्त्री प्रचण्ड


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गणतन्त्र दिवस २०८० को उपलक्ष्यमा आज ‘गणतन्त्र दिवस सांस्कृतिक साँझ’को आयोजना गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित सांस्कृतिक साँझमा नृत्य, कविता नाटक र गीत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, कूटनीतिक नियोगका प्रमुखहरु, उच्च पदस्थ कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

सोही अवसरमा पर्यटनमन्त्री सुदन किरातीले गणतन्त्र प्राप्तिको निम्ति ज्यानको आहूति दिने सहिदलाई स्मरण गर्दै गणतन्त्रलाई सबै हिसाबले संस्थागत गर्नुपर्नेमा जोड दिए । गणतन्त्रलाई असफल बनाउन खोज्नेप्रति सचेत हुनुपर्ने उनको भनाइ थियो । उनले भ्रष्टाचार मुक्त गर्दै समृद्ध नेपाल निर्माण गर्ने वर्तमान सरकारको लक्ष्य रहेको पनि बताए।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ९ : ३७ बजे

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा