‘मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल–२०२३’ हुँदै | Khabarhub Khabarhub

‘मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल–२०२३’ हुँदै


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वकर्मा समुदायको युवायुवतीलाई लक्षित गर्दै बिब्रोस् इन्टरटेनमेन्टले दोस्रो संस्करण ‘मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल–२०२३’ गर्ने भएको छ ।

प्रतिभा निखार्दै उनीहरुको उज्ज्वल भविष्य निर्माणमा सहयोग पु¥याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष सञ्जय विश्वकर्माले जानकारी दिए। “म आफैँ पनि मोडलिङमा सक्रिय भएकाले प्रतिभालाई मौका दिउँ भनेर यसको सुरुआत गरेको हुँ । अघिल्लो वर्षदेखि सुरू भएको यस प्रतियोगिताको विजेतालाई समेत हामीले मौका दिएर अगाडि बढाउने गरेका छौँ”, अध्यक्ष विश्वकर्माले भने ।

जेठ २६ गते राष्ट्रिय नाचघरमा जमलमा आयोजना हुने अन्तिम प्रतिस्पर्धाको लागि २३ जना युवायुवती रहेका छन् । नेपालभरबाट छनोट भएका प्रतिस्पर्धीलाई झण्डै एक महिनाको विशेष प्रशिक्षण दिइएको छ । नेपालका चर्चित मोडल तथा कोरियोग्राफर दिक्पल कार्कीबाट मोडलिङसम्बन्धी ज्ञान तथा प्रशिक्षण दिइने आयोजकले जनाएको छ । त्यस्तै, प्रतियोगितामा फेसन डिजाइनर रोहित चौधरी, रोविन परिवार र ज्वालाराज पोखरले पहिरनको डिजाइन गर्नेछन् ।

प्रतियोगितामा १६ वर्षदेखि २९ वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाएका छन् । प्रतियोगिताका विजेताले नगद पुरस्कारसहित विभिन्न सौन्दर्य प्रतियोगितामा सहभागीसँगै म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाउने छन् ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  १० : ४६ बजे

‘संवैधानिक प्रक्रियाका आधारमा लोकतान्त्रिक मूल्यमान्यतालाई संरक्षण गर्ने’

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संवैधानिक प्रक्रियाका आधारमा

एमाले सचिवालय बैठक : ओलीले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने दबाब

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक भक्तपुरको गुन्डुमा बसिरहेको छ।  अध्यक्ष

खसी–बोका बिक्री हुँदा सुदूरपश्चिमका किसान खुसी

सुदूरपश्चिम– कैलालीको चुरे गाउँपालिकाका किसान जीवन थापा हाल धनगढीमा खसी—बोका

नहरमा डुबेर एक जनाको मृत्यु

बर्दिया– ठाकुरबाबा नगरपालिका-४ खैलार बस्ने ६२ वर्षीय नैने जैसीको सोही ठाउँस्थित