‘मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल–२०२३’ हुँदै « Khabarhub

‘मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल–२०२३’ हुँदै


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वकर्मा समुदायको युवायुवतीलाई लक्षित गर्दै बिब्रोस् इन्टरटेनमेन्टले दोस्रो संस्करण ‘मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल–२०२३’ गर्ने भएको छ ।

प्रतिभा निखार्दै उनीहरुको उज्ज्वल भविष्य निर्माणमा सहयोग पु¥याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष सञ्जय विश्वकर्माले जानकारी दिए। “म आफैँ पनि मोडलिङमा सक्रिय भएकाले प्रतिभालाई मौका दिउँ भनेर यसको सुरुआत गरेको हुँ । अघिल्लो वर्षदेखि सुरू भएको यस प्रतियोगिताको विजेतालाई समेत हामीले मौका दिएर अगाडि बढाउने गरेका छौँ”, अध्यक्ष विश्वकर्माले भने ।

जेठ २६ गते राष्ट्रिय नाचघरमा जमलमा आयोजना हुने अन्तिम प्रतिस्पर्धाको लागि २३ जना युवायुवती रहेका छन् । नेपालभरबाट छनोट भएका प्रतिस्पर्धीलाई झण्डै एक महिनाको विशेष प्रशिक्षण दिइएको छ । नेपालका चर्चित मोडल तथा कोरियोग्राफर दिक्पल कार्कीबाट मोडलिङसम्बन्धी ज्ञान तथा प्रशिक्षण दिइने आयोजकले जनाएको छ । त्यस्तै, प्रतियोगितामा फेसन डिजाइनर रोहित चौधरी, रोविन परिवार र ज्वालाराज पोखरले पहिरनको डिजाइन गर्नेछन् ।

प्रतियोगितामा १६ वर्षदेखि २९ वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाएका छन् । प्रतियोगिताका विजेताले नगद पुरस्कारसहित विभिन्न सौन्दर्य प्रतियोगितामा सहभागीसँगै म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाउने छन् ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  १० : ४६ बजे

अर्जेन्टिनालाई सुरुवाती अग्रता, जोर्डन दबाबमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा

मुस्ताङको घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा याक

विश्वकपको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिना र जोर्डन भिड्दै, मेसी बेन्चमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

उज्वेकिस्तानमाथि कङ्गोको ३–१ को सानदार जित, दक्षिण कोरिया विश्वकपबाट बाहिरियो

काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

रोनाल्डोले गोल गर्न नसक्दा पोर्चुगल र कोलम्बियाले गोलरहित बराबरी खेले

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को निकै