बैठकमा उपस्थित हुन सांसदहरुलाई सभामुखको रुलिङ « Khabarhub

बैठकमा उपस्थित हुन सांसदहरुलाई सभामुखको रुलिङ


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कामठाडौँ – सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभा बैठकमा जनसरोकारका मुद्दामा बहस भइरहेकाले संसद्मा सरकारको बलियो उपस्थिति देखाउन आज रुलिङ गरेका छन् ।

प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको विनियोजन विधेयक २०८०/८१ का सिद्धान्त र प्राथमिकतामाथि भएको छलफलका क्रममा प्रमुख विपक्षी नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलले यस्तो महत्त्वपूर्ण विषयमा छलफल हुँदा पनि प्रदेश सरकारका मुख्यमन्त्री संसद् बैठकमा अनुपस्थित भएको भन्दै सदनको ध्यानाकर्षण गराएका थिए ।

विनियोजन विधेयकमाथिको छलफल जारी रहँदा मुख्यमन्त्री कमलबहादुर शाह झण्डै आधा घण्टा बसेर बैठक कक्षबाट बाहिरीएका थिए । बैठकमा विनियोजन विधेयको सिद्धान्त र प्राथमिकतामाथिको आजको छलफलमा बहादुरसिंह थापा, मानबहादुर धामी, चक्र मल्ल, खुसीराम चौधरी, प्रकाश रावल, खेमादेवी विष्ट, ताराप्रसाद जोशी, शिवराज भट्ट, ओमविक्रम भाट, हिरा सार्की, मानबहादुर रावल, मधुदेवी भारती, डम्मरी महरा, गीताकुमारी चौधरी, तुल्सी देवकोटा, सुरेन्द्रबहादुर पाल र धर्मराज पाठकले भाग लिएका थिए ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  १० : ५८ बजे

राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

बंगलादेशमा क्रिकेटर शाकिब अल हसनको घरमा आक्रमण, ढुंगा र पेट्रोल बम प्रहार

ढाका- बंगलादेश राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अवामी लिगका पूर्वसांसद

बागमतीको सत्ता समीकरणप्रति रावलको असन्तुष्टि:’सत्ता रोज्ने प्रवृत्तिले पार्टी कमजोर हुन्छ’

काठमाडौँ – नेकपा (एमाले) का केन्द्रीय सदस्य झपटबहादुर रावलले बागमती

देशभर मनसुन सक्रिय, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

केप भर्डेका विश्वकप हिरो बोजिन्हा चिलीको क्लबमा अनुबन्ध

काठमाडौँ – विश्वकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै सामाजिक सञ्जालमा छाएका