अष्ट्रेलियामा ‘इच्छा मृत्यु’ को उमेर १८ बाट १४ वर्षमा झारियो  | Khabarhub Khabarhub

अष्ट्रेलियामा ‘इच्छा मृत्यु’ को उमेर १८ बाट १४ वर्षमा झारियो 


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

क्यानबेरा– अस्ट्रेलियाको राजधानी क्यानबेरामा सरकारले ‘ब्रेन डेड’ भएका व्यक्तिको इच्छा मृत्युको न्यूनतम उमेर १४ वर्ष पुर्‍याउने भएको छ । यो कानून पास भएमा इच्छा मृत्यु सम्बन्धी सबैभन्दा उदार कानून हुनेछ, जसअन्तर्गत बालबालिकाले पनि त्यस्ता अधिकार प्राप्त गर्न सक्नेछन्।

यस कानूनका सम्बन्धमा राज्यकी मानवअधिकार मन्त्री तारा शीनले हालै इच्छा मृत्युको निर्णय लिन परिपक्वताको उमेर १८ बाट १४ वर्षमा झार्ने विचार गरिरहेको बताएकी छिन् ।

उमेरको हद स्वविवेकको कुरा भएको जनाउँदै जन्मदिनलाई आधार मानेर मात्र नपुग्ने भन्दै उनले व्यक्तिको निर्णय क्षमता हेरेर स्वास्थ्य विज्ञले निर्णय गर्ने बताइन् ।

उनले सामुदायिक परामर्शमा तीन हजारभन्दा बढीको सहभागिता रहेको र ५ सय जनाले लिखित राय दिएको बताइन् । ८० प्रतिशतले इच्छा मृत्युलाई समर्थन गरेका छन् ।

अर्कोतर्फ सरकारको यो अभ्यासको विरोध सुरु भएको छ । गृह मामिलाका छायाँ मन्त्री जेम्स प्याटरसनले उमेर घटाउने योजनालाई ‘डरलाग्दो’ भनेका छन्। ‘वयस्क पनि नभएको व्यक्तिले आफ्नो निर्णय आफैँले लिन सक्दैन, यो विवेक संगत छैन । उसलाई इच्छामृत्यु रोज्ने अधिकार दिनु कति हदसम्म सही होला ? त्यसो गर्दा जोखिम मात्र बढ्छ,’ उनले भने ।

सन् २०१७ मा अष्ट्रेलियाको भिक्टोरियामा कानून लागू भए पछि सयौँ मानिसहरूले इच्छा मृत्यु रोजेका थिए, जसअनुसार भिक्टोरियामा यस्ता मानिसको संख्या ६०० भन्दा बढी रहेको थियो ।

 

 

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ९ : ११ बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा